उपनिर्वाचनका लागि २१ दल दर्ता (सूचीसहित) « Khabarhub

उपनिर्वाचनका लागि २१ दल दर्ता (सूचीसहित)


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मंसिर १४ मा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् ।

आयोगले बिहीबार दर्ता भएका दलको नाम तथा निर्वाचन चिह्न सार्वजनिक गर्दै उपनिर्वाचन प्रयोजनका लागि २१ दल दर्ता भएको जानकारी दिएको छ ।

यसरी दर्ता हुने दलमा साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राप्रपा (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राप्रपा (संयुक्त), जनमत पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस (वीपी) छन् ।

यसैगरी, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) छन् ।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम भएका, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यका पदको लागि निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि आयोगमा दर्ता भएका राजनीतिक दललाई १४ मंसिर २०७६ मा हुने तीनै तहको उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गरी निर्वाचन चिह्न निर्धारण गरेको हो ।

दलको नाम र चुनाव चिह्न
ग्रीन पार्टी नेपाल – त्रिशुल
नेपाल लोकतान्त्रिक पार्टी – दुई हात जोडेको नमस्कार
राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) – साँढे गोरु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) – सूर्य
समाजवादी पार्टी – पाँच औंलासहितको हत्केला
साझा पार्टी – तराजु
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)- हलो
मुस्कान सेना नेपाल- पुरुष
नेपाल परिवार दल -साँचो
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)- हँसिया
हाम्रो पार्टी -धारा
मंगोल नेसनल अर्गनाइजेसन- कुखुराको भाले
नेपालवाद – तारापुञ्ज
संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल – हवाइजहाज
नेपाली कांग्रेस (वीपी) – करुवा
ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल – ट्रयाक्टर
आमूल परिवर्तन मसिहा पार्टी, नेपाल – हृदय
राष्ट्रिय नागरिक पार्टी – चंगा
जनमत पार्टी (जपा) – लाउड स्पिकर
नेपाल कम्युनिस्ट पार्टी मार्कसवादी (पुष्पलाल) – हँसियामाथि धानको बाला खप्टिएको
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) – गोलाकारभित्रको हँसिया हथौडा

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ९ : ४० बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा