क्यानको साधारण सभा आजबाट शुरु हुँदै « Khabarhub

क्यानको साधारण सभा आजबाट शुरु हुँदै


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल क्रिकेट संघ (क्यान) साधारण सभा आज (शुक्रबार) देखि शुरु हुँदैछ ।

काठमाडौंमा शुरु हुन लागेको साधारण सभाले ४ बर्षका लागि नयाँ नेतृत्व चुन्नेछ ।

साढे तीन बर्षदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धमा रहेको क्यानले नयाँ नेतृत्व पाएसँगै अन्तर्राीष्ट्रय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बन फुकुवा हुने बाटो खुल्नेछ ।

आईसीसीले दिएको समाधानको बाटोबाटै क्यान निर्वाचन भइरहेका कारण पनि अब नेपाली क्रिकेटले निकास पाउने विश्लेषण खेल वृतमा हुन थालेको छ ।

क्यानको नयाँ नेतृत्वका लागि पूर्व अध्यक्ष विनयराज पाण्डे र निर्वाचित क्यानका पूर्व अध्यक्ष चतुरबहादुर चन्द चुनावी दौडमा रहेका छन् ।

नयाँ नेतृत्वका लागि चुनावी दौडमा रहेका दुवै जनाका चुनावी एजेन्डा भने साझ रहेका छन् ।

आईसीसीको निलम्बन फुकुवाका लागि पहल गर्ने, आर्थिक पार्दशिता कायम गर्ने, सुशासन कायम गर्नेसहित सरकारी हस्तक्षेप हुन नदिने जस्ता विषय उम्मेद्वार द्वयले उठाएकमा छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ९ : ४५ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)