ललितपुर दरबार क्षेत्रमा निशुल्क पार्किङ « Khabarhub

ललितपुर दरबार क्षेत्रमा निशुल्क पार्किङ


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ४० औं पर्यटन दिवसलाई लक्षित गर्दै ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम गर्ने भएको छ ।

शुुक्रवार अर्थात् आजदेखि सोमबारसम्म दरबार क्षेत्र परिसरमा रहेका रेष्टुरेन्ट, क्याफे तथा अतिथि र हस्तकला पसलहरुमा विशेष छुट दिने व्यवस्था गरेको छ ।

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा शुक्रवार सबैभन्दा पहिला प्रवेश गर्ने २५ जना पर्यटकलाई निशुल्क प्रवेश व्यवस्था गर्ने भएको छ ।

त्यसैगरी त्यसपछि प्रवेश गर्ने अन्य २० जना सम्मलाई ५० प्रतिशत प्रवेश शुल्क मिनाहा गर्ने महानगरले जनाएको छ ।

४० औं विश्व पर्यटन दिवसको अवसरमा यस्तो व्यवस्था ल्याएको महानगरका सँस्कृति, पर्यटन तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख सहजित राईले बताए ।

पर्यटकका लागि भोलि बिहान महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्यालले स्वागत गर्ने कार्यक्रम समेत रहेको छ ।
पुरुष पर्यटकलाई टोपी र महिला पर्यटकलाई दोसल्ला ओढाएर सहयोग गर्ने तयारी भएको र पर्यटन शुल्क व्यवस्थापन तथा कार्यान्वयन समितिको सदस्य सचिव विमल केशरी अमात्यले जानकारी दिइन् ।

ज्यापू समाज, बोद्ध बिहार संघ, चाइनिज गाइड एसोसियसन लगायतका संघसंस्थाको सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो ।

शुक्रवार बिहान ७ बजेदेखि आयोजना हुने उक्त कार्यक्रममा ज्यापू नाच, लाखे नाच, धिमे बाजा प्रदर्शन, धाः बाजा प्रदर्शन गरिने भएको छ ।
साथमा चरिया नाच समेत रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १० : ११ बजे

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक