ललितपुर दरबार क्षेत्रमा निशुल्क पार्किङ | Khabarhub Khabarhub

ललितपुर दरबार क्षेत्रमा निशुल्क पार्किङ


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ४० औं पर्यटन दिवसलाई लक्षित गर्दै ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम गर्ने भएको छ ।

शुुक्रवार अर्थात् आजदेखि सोमबारसम्म दरबार क्षेत्र परिसरमा रहेका रेष्टुरेन्ट, क्याफे तथा अतिथि र हस्तकला पसलहरुमा विशेष छुट दिने व्यवस्था गरेको छ ।

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा शुक्रवार सबैभन्दा पहिला प्रवेश गर्ने २५ जना पर्यटकलाई निशुल्क प्रवेश व्यवस्था गर्ने भएको छ ।

त्यसैगरी त्यसपछि प्रवेश गर्ने अन्य २० जना सम्मलाई ५० प्रतिशत प्रवेश शुल्क मिनाहा गर्ने महानगरले जनाएको छ ।

४० औं विश्व पर्यटन दिवसको अवसरमा यस्तो व्यवस्था ल्याएको महानगरका सँस्कृति, पर्यटन तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख सहजित राईले बताए ।

पर्यटकका लागि भोलि बिहान महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्यालले स्वागत गर्ने कार्यक्रम समेत रहेको छ ।
पुरुष पर्यटकलाई टोपी र महिला पर्यटकलाई दोसल्ला ओढाएर सहयोग गर्ने तयारी भएको र पर्यटन शुल्क व्यवस्थापन तथा कार्यान्वयन समितिको सदस्य सचिव विमल केशरी अमात्यले जानकारी दिइन् ।

ज्यापू समाज, बोद्ध बिहार संघ, चाइनिज गाइड एसोसियसन लगायतका संघसंस्थाको सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो ।

शुक्रवार बिहान ७ बजेदेखि आयोजना हुने उक्त कार्यक्रममा ज्यापू नाच, लाखे नाच, धिमे बाजा प्रदर्शन, धाः बाजा प्रदर्शन गरिने भएको छ ।
साथमा चरिया नाच समेत रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १० : ११ बजे

डोटीबाट प्रचण्डले भने- जनबलले माओवादी तीनपटक सत्तामा पुगेको हो 

डोटी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

जनता आवास कार्यक्रमअन्तर्गत २० घर निर्माण हुँदै, ७० लाख बजेट विनियोजन

अत्तरिया– जनता आवास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण

जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु

एजेन्सी – जापानको ओसाका प्रान्त अन्तर्गतको सकाई सहरमा रहेको एक

गाउँभरी नै व्यावसायिक किबीखेतीमा

तम्घास – गुल्मीको कालीगण्डकी गाउँपालिकाका किसान किबीखेतीमा आकर्षित भएका छन्

अहिले कुनै प्रकारको प्रतिगमन सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले