प्रदेश मन्त्रीको आग्रह– पर्यटकलाई भगवान मानेर सत्कार गर्नुहोस् « Khabarhub

प्रदेश मन्त्रीको आग्रह– पर्यटकलाई भगवान मानेर सत्कार गर्नुहोस्


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँकरभिट्टा– प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पर्यटकलाई भगवान मानेर सत्कार गर्न झापाका व्यवसायीहरुसँग आग्रह गरेका छन् ।

४०औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा प्रदेश नं १ को पर्यटन कार्यालयले झापाको काँकडभिट्टामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटकलाई मन्त्री कुसियतले पर्यटकहरुलाई भगवानको रुप सम्झेर न्यानो स्वागत र सत्कार गर्नुपर्ने बताए ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन र देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटकीय विकास प्रति जागरण आउनुपर्ने उनको धारणा थियो ।

४०औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर शुक्रबार पूर्वी नाका काँकडभिट्टाबाट प्रवेश गर्ने पहिलो पर्यटक ब्राजिलका गिल्हेम टग्नोजलाई नेपाली ढाकाटोपी पहिर्‍याएर सम्मान गरिएको थियो ।

उनलाई काँकडभिट्टाको पूर्वी ढोकाबाट पर्यटन कार्यालयसम्म नौमतीबाजा बजाएर स्वागत गर्दै ल्याइएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  २ : ५० बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका