दुई महिनामै ८३ लाखको खसी बिक्री « Khabarhub

दुई महिनामै ८३ लाखको खसी बिक्री


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुई महिनाको अवधिमा आठ सहकारी संस्थाले रु ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् ।

तनहुँका छ र लमजुङका दुई सहकारी संस्थाले साउन र भदौ महिनामा मात्रै रु ८३ लाख ६० हजार ३५ मूल्य बराबरको खसी बिक्री गरेका हुन् ।

हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँको साझेदारीमा सञ्चालित ‘पशुबस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’ मार्फत गठन भएका सहकारीले ९३४ खसी बिक्री गरेको कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

सबैभन्दा बढी तनहुँको भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २५ लाख ४३ हजार ७५ बराबरको खसी बिक्री भएको छ भने सबैभन्दा कम शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु दुई लाख ६४ हजार ८६५ बराबरको खसी बिक्री भएको छ । अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीमार्फत १५४ खसी बिक्री भएको सहकारीका अध्यक्ष देवी मोक्तान आलेले जानकारी दिए ।

घिरिङ गाउँपालिका–२ स्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीमार्फत रु नौ लाख १७ हजार ४७२, घिरिङ गाउँपालिका–५ स्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत रु १४ लाख १५ हजार ९२५, भीमाद नगरपालिका–४ स्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत् रु आठ लाख ५६ हजार ५३, व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु पाँच लाख ४७ हजार ३२३, मध्यनेपाल नगरपालिका–१ स्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत रु १२ लाख ५६ हजार ४२५ र सुन्दरबजार नगरपालिका–१ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत रु पाँच लाख ५८ हजार ९१५ बराबरको खसी बिक्री भएको छ ।

सहकारीमा आबद्ध कृषकले सहकारीमार्फत नै खसी बिक्री गरेर मनग्य आम्दानी गरेको कार्यक्रम संयोजक पौडेलले जानकारी दिए । सहकारीले कृषकले उत्पादन गरेको खसी खरीद गरी व्यापारीलाई बिक्री वितरणको व्यवस्था मिलाएको थियो ।

किसानले उत्पादन गरेको खसीबोका गाउँबाटै बिक्री गर्ने र बढीभन्दा बढी मूल्य कृषकले पाउन भनेर सहकारीमार्फत खसी बिक्री गर्ने व्यवस्था मिलाइएको भीमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मोक्तान आलेले जानकारी दिइन् ।

बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सुक्ष्म पोषकतत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ ।

चार वर्ष अगाडि परम्परागतरुपमा बाख्रापालन गर्ने यहाँका कृषक अहिले व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका छन् । दुई÷चार वटा मात्रै बाख्रा पालेका कृषकले अहिले ४०/४५ वटा बाख्रापालन गरिरहेका छन् । हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा चार हजारभन्दा बढी कृषक आबद्ध छन् ।

बसेर जोखिमपूर्ण यात्रा नगर्न, अपरिचित व्यक्तिले दिएको कुनै पनि चिजबस्तु प्रयोग नगर्न र चालकले लापरवाहीपूर्ण तवरले सवारी साधन चलाएको, मादकपदार्थ, लागुपदार्थ सेवन गरेको पाइएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  २ : ४९ बजे

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार 

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर