क्यानको साधारणसभा शुरु, को बन्ला अध्यक्ष ? « Khabarhub

क्यानको साधारणसभा शुरु, को बन्ला अध्यक्ष ?


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा शुरु भएको छ ।

काठमाडौंमा आजबाट शुरु भएको सधारण सभाको मुख्य एजेन्डा क्यानको १७ सदस्यीय कार्यसमिति गठन गर्नु हो । शनिबारका लागि क्यानको निर्वाचन तोकिएको छ ।

शुक्रबार साधारण सभा शुरु भएको छ । ओपनिङ शर्तमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल, आईसीसीको प्रतिनिधि मोहम्मद इमानुएल र स्वतन्त्र कमिटिका सदस्यसहित क्यानका मतदाताको सहभागिता रहेको छ ।

साधारण सभाको प्रारम्भीक चरणमा बोल्ने वक्ताहरुले क्यानको निलम्बन फुकुवा हुने र आगामि दिनमा संघलाई पार्दशी तरीकाले अगाडि बढाउने उदेश्यसहित नयाँ कार्यसमिति चयन गर्न सुझाएका छन् ।

५९ सदस्य मतदाता रहेको क्यानको निर्वाचनमा पूर्व अध्यक्ष विनयराज पाण्डे र तत्कालिन अध्यक्ष चतुर बहादुर चन्द क्यानको अध्यक्षका लागि चुनावी दौडमा छन् ।

दुवै पक्षले आफ्नो जित सुनिश्चित रहेकै कारण मैदान उत्रिएको बताइरहँदा नेपाली क्रिकेट प्रशंसक भने नेतृत्वको प्रतिक्षामा छन् ।

साधारण सभाका लागि जिल्लाबाट आएका प्रतिनिधि पनि क्यानको निर्वाचनमा उल्लासका साथ अगाडि बढेका छन् ।

उम्मेद्वारद्वय पाण्डे र चन्द जिल्ला तथा प्रदेशका प्रतिनिधिलाई फकाउँदै क्यानको नेतृत्व हातमा लिने लक्ष्य सहित लागिरहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ५ : ०१ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)