एटीएम बुथमा सुरक्षा निगरानी बढाउन राष्ट्र बैंकको निर्देशन « Khabarhub

एटीएम बुथमा सुरक्षा निगरानी बढाउन राष्ट्र बैंकको निर्देशन


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केन्द्रीय बैंकले देशभरिका एटीएम बुथहरूमा सुरक्षा निगरानी बढाउन बैंकहरूलाई पुनः निर्देशन दिएको छ ।

एटीएम बुथको सुरक्षाबारे २०७३ को माघ १० गते नै राष्ट्र बैंकले परिपत्र गरेको भए पनि कृषि विकास बैंकको घटनापछि राष्ट्र बैंकले पुनः बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको हा।

परिपत्रमा बैंकहरूले सबै एटीएमलाई सीसीटीभी क्यामेराबाट निगरानी गर्नुपर्ने र त्यसको रेकर्ड ९० दिनसम्म राख्नुपर्ने उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाहरूद्वारा सञ्चालित सम्पूर्ण एटीएम बुथहरूमा चौबीसै घण्टा सुरक्षा गार्डहरूको व्यवस्था गरी बुथहरूको विशेष निगरानी गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, बैंक वा एटीएम बुथनजिक कुनै व्यक्ति वा समूहको गतिविधि शङ्कास्पद लागेमा सम्बन्धित पदाधिकारी वा निकायलाई तत्काल जानकारी गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ६ : ५५ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको