‘अल्पविकसित देशलाई अन्तरराष्ट्रिय समुदायको सहयोग अपरिहार्य’ | Khabarhub Khabarhub

‘अल्पविकसित देशलाई अन्तरराष्ट्रिय समुदायको सहयोग अपरिहार्य’


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अल्पविकसित राष्ट्रहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकमा भाग लिने सिलसिलामा अमेरिकामा रहनुभएका मन्त्री ज्ञवालीले अल्पविकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकलाई बिहीबार सम्बोधन गर्दै विकासको मार्गका संरचनागत अवरोधले ती देशको समृद्धि र प्रगति दुरुह भएको बताए ।

उनले अन्तर्राष्ट्रिय समुदायबाट बजारसम्मको पहुँचको सुनिश्चितता, भन्सार र गैरभन्सार अवरोध एवं परिमाणात्मक बन्देज हटाउने, क्षमता विस्तार तथा प्रविधि हस्तान्तरण हुनुपर्नेमा जोड दिए ।

सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यका साथ कार्यान्वयनको चार वर्ष पूरा भएको पहिलोचरणको ‘अदिसअबाबा’ कार्यक्रमको कार्यसूचीको स्मरण गराउदै उनले महासभाअन्तर्गतका विकासका लागि लगानी र उच्चस्तरीय राजनीतिक मञ्चमा पनि विश्वका नेताले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति थप काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम कार्यान्वनलाई द्रुत गतिमा अघि बढाउन अपरिहार्य भएको विश्वका नेताहरूको अभिव्यक्ति मन्त्री ज्ञवालीले बैठकमा अवगत गराए ।

“विकास–निर्माणका काममा पर्याप्त लगानी नहुँदा विकासले गति लिन नसकेको, निर्धनतम देशहरू विकासका संरचनागत र आर्थिक अस्थितरतासँगै जलवायु परिवर्तनका दुष्प्रभावबाट गाँजिएका छन्,” मन्त्री ज्ञवालीले अल्पविकसित राष्ट्रका विकासका समस्या प्रष्ट पार्दै भने ।

बिहीबार नै मन्त्री ज्ञवालीले आयरल्याण्डका युरोपेली मामिलाका राज्यमन्त्री हेलेन म्याकेन्टीसँग भेटवार्ता गरेका थिए ।  त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय र बहुपक्षीय सहयोगका विविध विषयमा विचारविमर्श भएको थियो ।

त्यसैगरी मन्त्री ज्ञवालीले साङ्घाइ सहयोग सङ्गठन (एससीओ) महासचिव भ्लादिमिर नोरोभसँग पनि भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्रीलाई महासचिव नोरोभले एससीओका गतिविधि, पर्यवेक्ष र ‘डाइलग पार्टनर’सँग सहयोगका मार्गचित्रबारे जानकारी गराएका थिए । नेपाल एससीओको डाइलग पार्टनर हो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : १७ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम