गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन « Khabarhub

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा संलग्न दोषीलाई कानुनबमोजिम अधिकतम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत जघन्य अपराध नियन्त्रणका लागि बलियो कानुनी तथा संस्थागत व्यवस्था निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै पीडितले अधिकतम न्याय पाउने गरी सरकार अघि बढिरहेको बताएका छन् ।

उनका अनुसार घटनामा संलग्न आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। अनुसन्धानलाई निष्पक्ष र प्रभावकारी रूपमा अघि बढाउँदै दोषीलाई कानुनी दायरामा ल्याउने सरकारको प्रतिबद्धता रहेको उनले स्पष्ट पारेका छन्।

गृहमन्त्री गुरुङले घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्नसमेत उठेकाले सम्बन्धित प्रहरी अधिकारीमाथि छानबिन तथा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

“हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित छैन। हाम्रा छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो,” उनले भनेका छन्।

विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै यस्ता जघन्य अपराध दोहोरिन नदिन कानुनी तथा संस्थागत सुधारलाई प्राथमिकता दिने सरकारको तयारी रहेको उनको भनाइ छ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  १२ : ५९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार