नेपाल जिम्बावेसँग ५ विकेटले पराजित « Khabarhub

नेपाल जिम्बावेसँग ५ विकेटले पराजित


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुरमा शुक्रबारबाट शुरु भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरीजको पहिलो खेलमा नेपाल पराजित भएको छ । जिम्बावेविरुद्धको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो ।

इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो ।

नेपालले टिमको स्कोर पाँच रन हुँदा पहिलो विकेट गुमाएको थियो । पारस खड्का संग ओपनिङ गर्दै राष्ट्रिय टिममा डेब्यु गरेका इसान पान्डे चार रनमा आउट भए ।

आरिफ शेख आठ र पारस १८ रनमा आउट भएपछि नेपाल दवावमा आएको थियो । कुशल मल्ल मात्र दुइ रनमा मैदान बाहिरिए ।

तर दिपेन्द्रसिंह ऐरी र सन्दिप जोराले पाँचौ विकेटका लागि ३४ रनको साझेदारी गर्दै पारीलाइ अघि बढाए । जोरा १७ र दिपेन्द्र ब्यक्तिगत ४० रन बनाए। सोमपाल कामीले १४ वलमा २५ रन बनाएपछि नेपालले मध्यम स्कोर बनाएको थियो । विनोद भन्डारी एघार रनमा अविजित रहेका थिए ।

१ सय ३३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको जिम्बावेले १८ ओभर एक वलमा पांच विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । उत्कृष्ट सुरुवात गरेको जिम्बावेका सुरुवाती तीन विकेट लिदै संदिप लामिछानेले नेपाललाइ खेलमा फर्काउने आशा देखाए थिए।

रेगिस चाकाभा, टिनोटेन्डा मुटोमबोड्ज्जी र सेन विलियम्सले खाता खोल्न सकेनन् । १९ रन बनाएका ओपनर ब्रायन चारीलाइ दिपेन्द्रले रन आउट गरे ।

टिमचेन मारुमालाइ १२ रनमा पारसले आउट गरेपछि जिम्बाब्वे ६५ रन पांच विकेटको अवस्थामा पुगेको थियो । तर छैटौ विकेटका लागि रायन बर्रल र रिचमन्ड मुटुमबामीले ६९ रनको साझेदारी गरेपछि जिम्बावेले जीत हात पार्यो ।

रायन ४१ र रिचमन्ड ४० रनमा अविजीत रहे । नेपालले शनिबार सिंगापुरसंग खेल्नेछ । खेल नेपाली समयअनुसार सवा पाँच बजेबाट शुरु हुनेछ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : २८ बजे

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर