विद्यालयको सुधारमा शिक्षककै भूमिका पहिलो रहन्छः वरिष्ठ नेता नेपाल « Khabarhub

विद्यालयको सुधारमा शिक्षककै भूमिका पहिलो रहन्छः वरिष्ठ नेता नेपाल


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शैक्षिक गुणस्तर विकासका लागि शिक्षकको भूमिका ठूलो हुने बताउँदै उनीहरुलाई आफ्नो कर्तव्यप्रति चनाखो हुन आग्रह गरेका छन् ।

गुह्येश्वरी मावि, कामपा–९, सिनामङ्गलद्वारा आयोजित दशैँतिहार शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले समुदायको चासो भएमा मात्र सामुदायिक विद्यालयको विकास हुने कुरा गुहेश्वरी माविको प्रगतिबाट आफूले थाहा भएको बताए ।

आव २०७५ । ७६मा सो माविको व्यवस्थापन काठमाडौँ महानगरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट घोषित भई व्यवस्थापन समितिका अध्यक्ष डिपी अर्याल हालै सम्मानित भएका थिए । सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालले उक्त विद्यालयको भौतिक सुधारका लागि सांसद विकास कोषबाट रु ३० लाख दिने घोषणा गरे ।

कार्यक्रममा नेपाल नागरिक समाज र ट्रान्सपरेन्सी इण्टरनेशनल नेपाल शाखाका अध्यक्ष खेमराज रेग्मीले सो सामुदायिक विद्यालयको शैक्षिक र भौतिक प्रगति सन्तोषजनक रहेको आफूले नजीकैबाट पाएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले शिक्षकहरु आफ्नो कर्तव्यप्रति बढी नै सचेत हुनुपर्ने बताउँदै आगामी दिनमा मुलुककै नमुना सामुदायिक विद्यालय बनाइने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा नेपाली काँग्रेसका युवा नेता उपेन्द्र कार्की, कामपा–९ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठ, प्रधानाध्यापक मेघबहादुर बञ्जारालगायतले सामुदायिक विद्यालयको गुणस्तरबारे मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयमा दीर्घ सेवा गरेका शिक्षक दुर्गा जोशी र करुणा आचार्यलाई सम्मान गरिएको थियो भने अतिरिक्त क्रियाकलापका विजेतालाई समाजसेवी बद्री आचार्यद्वारा स्थापित रु तीन लाखको अक्षयकोषबाट प्राप्त ब्याजबाट पुरस्कार वितरण गरिएको थियो ।

 

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ९ : ४५ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई