विद्यालयको सुधारमा शिक्षककै भूमिका पहिलो रहन्छः वरिष्ठ नेता नेपाल « Khabarhub

विद्यालयको सुधारमा शिक्षककै भूमिका पहिलो रहन्छः वरिष्ठ नेता नेपाल


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शैक्षिक गुणस्तर विकासका लागि शिक्षकको भूमिका ठूलो हुने बताउँदै उनीहरुलाई आफ्नो कर्तव्यप्रति चनाखो हुन आग्रह गरेका छन् ।

गुह्येश्वरी मावि, कामपा–९, सिनामङ्गलद्वारा आयोजित दशैँतिहार शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले समुदायको चासो भएमा मात्र सामुदायिक विद्यालयको विकास हुने कुरा गुहेश्वरी माविको प्रगतिबाट आफूले थाहा भएको बताए ।

आव २०७५ । ७६मा सो माविको व्यवस्थापन काठमाडौँ महानगरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट घोषित भई व्यवस्थापन समितिका अध्यक्ष डिपी अर्याल हालै सम्मानित भएका थिए । सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालले उक्त विद्यालयको भौतिक सुधारका लागि सांसद विकास कोषबाट रु ३० लाख दिने घोषणा गरे ।

कार्यक्रममा नेपाल नागरिक समाज र ट्रान्सपरेन्सी इण्टरनेशनल नेपाल शाखाका अध्यक्ष खेमराज रेग्मीले सो सामुदायिक विद्यालयको शैक्षिक र भौतिक प्रगति सन्तोषजनक रहेको आफूले नजीकैबाट पाएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले शिक्षकहरु आफ्नो कर्तव्यप्रति बढी नै सचेत हुनुपर्ने बताउँदै आगामी दिनमा मुलुककै नमुना सामुदायिक विद्यालय बनाइने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा नेपाली काँग्रेसका युवा नेता उपेन्द्र कार्की, कामपा–९ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठ, प्रधानाध्यापक मेघबहादुर बञ्जारालगायतले सामुदायिक विद्यालयको गुणस्तरबारे मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयमा दीर्घ सेवा गरेका शिक्षक दुर्गा जोशी र करुणा आचार्यलाई सम्मान गरिएको थियो भने अतिरिक्त क्रियाकलापका विजेतालाई समाजसेवी बद्री आचार्यद्वारा स्थापित रु तीन लाखको अक्षयकोषबाट प्राप्त ब्याजबाट पुरस्कार वितरण गरिएको थियो ।

 

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ९ : ४५ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने