दीपक बज्राचार्यले गाए ‘जाम् न माया जाम्’ | Khabarhub Khabarhub

दीपक बज्राचार्यले गाए ‘जाम् न माया जाम्’


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दीपक बज्राचार्यले फिल्म ‘मारुनी’ को एक गीतमा स्वर दिएका छन् । पछिल्लो समय ‘मन मगन’ गीत गाएर चर्चामा रहेका बज्राचार्यले फिल्मको एक रोमान्टिक गीत गाएका हुन् ।

काठमाडौंको कृपा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको ‘जाम् न माया जाम्’ बोलको गीतमा बज्राचार्यको संगीत तथा स्वर सुन्न सकिनेछ ।

दीपकले यसअघि धैरै पहिले फिल्ममा गीत गाएपनि निर्माताले भनेअनुसार गाउनुपर्दा फिल्मका गीततर्फ रुचि नदेखाएको बताए ।

यो गीत झण्डै ६ महिना लगाएर तयार पारिएको निर्मात्री समेत रहेकी पुनम गौतमले बताइन् । गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अभिनय गराइने निर्मात्री पुनमले बताइन् ।

फागुन १८ गतेबाट फ्लोरमा जाने यो फिल्मले अर्को वर्षको भदौ १३ गतेलाई रिलिज मिति घोषणा गरेको छ । फिल्ममा नवल नेपालको निर्देशन रहनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ११ : २९ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले