सशस्त्र प्रहरीले फेला पार्‍यो पशुपतिबाट हराएको मूर्ति « Khabarhub

सशस्त्र प्रहरीले फेला पार्‍यो पशुपतिबाट हराएको मूर्ति


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट हराएको बाबा गोरखनाथको पुरानो मूर्ति सशस्त्र प्रहरीले फेला पारेको छ ।

पूरातात्विक महत्वको ऐतिहासिक मूर्ति शनिवार हंशमण्डपबाट हराएको थियो । उक्त मूर्ति मंगलवार अपराह्न फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

पशुपतिमा रहेको सशस्त्र प्रहरी बल मन्दिर सुरक्षा बेसबाट खटिएको टोलीले मूर्ति फेला पारेको हो ।

प्रहरी नायव निरीक्षक दधिराम पौडेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–८ स्थित जंगल क्षेत्रबाट मूर्ति फेला पारेको हो ।

पशुपतिनाथको मन्दिरबाट करिव ३ सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा एउटा रुखको जरामुनि ओडार जस्तो ठाउँमा लुकाएको अवस्थामा मूर्ति फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

गस्ती रहेको सशस्त्र प्रहरीको टोली देखेर दुईजना व्यक्ति भागेपछि सशस्त्र प्रहरी जंगलमा रुख नजिक गएको थियो । रुखमुनि ओडारजस्तो ठाउँमा हेर्दा बालुवामुनि मूर्ति लुकाइएको अवस्थामा फेला परेको सशस्त्रले जनाएको छ ।

३५ किलोग्रामको उक्त मूर्ति सशस्त्र प्रहरीले स्थानीय प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले मूर्ति चोर्ने कार्यमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ११ : ४० बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६