ट्रम्प र किमबीच आज दोश्रो शिखर वार्ता हुँदै | Khabarhub Khabarhub

ट्रम्प र किमबीच आज दोश्रो शिखर वार्ता हुँदै


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको दोश्रो शिखर वार्ता भियतनामको राजधानी हनोईमा आज (बुधबार)बाट शुरु हुँदैछ । शिखर वार्ताका लागि दुबै नेता हनोई पुगिसकेका छन् ।

मंगलबार दिउँसो रेलमार्गबाट चीनको बाटो हुँदै उत्तर कोरियाली सर्वोच्च नेता भियतनाम पुगेका हुन् भने अमेरिकी राष्ट्रपति एअर फोर्स वान विमानबाट मंगलबार अबेर हनोई पुगेका हुन् ।

दुई नेताबीच बुधबार संक्षिप्त वार्ता हुनेछ । स्थानीय समयअनुसार बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्प र उनका दुई सहयोगीहरु तथा उत्तर कोरियाली नेता किम र उनका दुई सहयोगीहरुबीच संक्षिप्त वार्ता हुने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । संक्षिप्त वार्ता २० देखि २५ मिनेटसम्म हुने बताइएको छ । उनीहरुले बेलुकीको खाना पनि सँगै खानेछन् ।

संक्षिप्त वार्तामा अमेरिकाको तर्फबाट राष्ट्रपति ट्रम्पसहित विशेष विदेशमन्त्री माइक पोम्पेओ तथा ह्वाइट हाउसका चिफ अफ स्टाफ मिक मुल्भनेको सहभागिता हुने जनाइएको छ ।

वार्तामा उत्तर कोरियाली सर्वोच्च नेता किमसहित किमकी बहिनी किम यो जोङ तथा उत्तर कोरियाली विशेष प्रतिनिधि किम योङ चोल सहभागि हुनेछन् ।आज हुने संक्षिप्त वार्तापछि भोलि दुबै नेताबीच अर्को चरणको वार्ता हुने जनाइएको छ ।

त्यसबाहेक उत्तर कोरियाली सर्वोच्च नेता तथा अमेरिकी राष्ट्रपति दुबैले भियतनामी उच्चस्तरीय नेता तथा अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : २८ बजे

उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार

सियोल– उत्तर कोरियाले बिहीबार जापानको समुद्रतर्फ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र

खेलकुदमन्त्री श्रेष्ठले गरे टीयू क्रिकेट मैदानको निरीक्षण

काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले किर्तिपुरस्थित टीयू क्रिकेट

बजेटपछि निरन्तर घट्तो ट्रेन्डमा शेयर बजार, बिहीबार १९.८९ अंकले घट्यो

काठमाडौं– आगामी आर्थिक वर्षको बजेट भाषण भएको दोस्रो दिन पनि

पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै

झापा– पूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ

विदेशबाट आउनेलाई मोबाइल फोन ल्याउन नदिन व्यवसायीको माग

काठमाडौं- नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोवाइलमा प्रतिबन्ध