काठमाडौंमा ३ करोड रुपैयाँका नयाँ सिसिटिभी क्यामरा जडान हुने « Khabarhub

काठमाडौंमा ३ करोड रुपैयाँका नयाँ सिसिटिभी क्यामरा जडान हुने


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडानका लागि प्रहरीलाई ३ करोड रुपैयाँ प्रदान गरेको छ ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा महानगरका प्रमुख विद्या सुन्दर शाक्यले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई ३ करोड रकमको चेक हस्तान्तरण गरे ।

उपत्यकाभित्र अहिले ४ सय ६० वटा सिसिटिभि क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले प्रदान गरेको ३ करोडबाट आवश्यक परेका ठाउँमा नयाँ सिसिटिभी क्यामरा जडान गरिने छ । कुन स्थानमा र कति वटा क्यामरा जडान गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।

महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले राम्रो कामको थालनीका लागि रकम हस्तान्तरण गरेको बताइन् । ‘घटना घट्ने र बाहिर नआउने वातावरण भएकाले सूचना लिनका लागि सिसिटिभी आवश्यक रहेको उनको भनाइ छ ।’

उक्त क्यामेरा जडान गरेपछि सार्वजनिक स्थानमा फोहोर फ्ँयाक्ने व्यक्ति पत्ता लाग्ने र अनैतिक कार्यमा संलग्नहरुलाई पक्रन सहज हुने कुरामा विश्वस्त रहेको समेत उनले बताइन् ।

‘यसअघिसम्म अपराधी पक्रनका लागि सिसिटिभी राखिन्थ्यो, अब भने अपराध हुन नदिन राखिन्छ,’ महानगरका प्रमुख शाक्यले भने ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सिसिटिभी क्यामराले अपराधलाई नियन्त्रण र अनुसन्धान गर्न वैज्ञानिक भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : ४२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार