चाडपर्वले जातीय सद्भाव कायम गर्न सघाउँछ– मन्त्री ढकाल « Khabarhub

चाडपर्वले जातीय सद्भाव कायम गर्न सघाउँछ– मन्त्री ढकाल


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले चाडपर्व, देउसी-भैलो जस्ता परमपरागत सांस्कृतिक कार्यक्रमले जातीय सद्भाब कायम गर्दै देश विकासको निम्ति एकजुट हुन सहयोग पुग्ने बताएका छन् ।

मौलिक संस्कृतिले सबैलाई एक सूत्रमा बाँध्न सहयोग पुग्ने उनको भनाइ थियो ।

तेह्रथुम सरोकार समाज नेपालको देउसी-भैलो कार्यक्रममा मन्त्री ढकालले भने “देउसी-भैलो नाच, च्याब्रुङ नाच, मारुनी नाच तेह्रथुम जिल्लाको मौलिक संस्कृतिहरु हुन् । यस्ता कार्यक्रहरुले तेह्रथुमे दाजुभाइ दिदी-बहिनीहरुलाई एकै सुत्रमा बाँधी तेह्रथुम जिल्लाको मात्र नभइ सिङ्गो देसविकासको निम्ति एक जुट गराउँछ ।”

शनिवार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लवमा तेह्रथुम सरोकार समाज नेपालले देउसी-भैलो कार्यक्रम सम्पन्न गरेको छ । उक्त देउसी-भैलो कार्यक्रममा दक्षिणा स्वरुप करीब १० लाख रुपैयाँ रकम सङ्कलन भएको थियो ।

तेह्रथुमको मैलिक संस्कृति झल्कने मारुनी नाच, च्याब्रुङ नाच, देउसी नाच, भैलो नाच, पञ्चेबाजा समावेश गरिएको कार्यक्रमा काठमाडौंमा वसोवास गर्दै आएका तेह्रथुमबासीको बाक्लो उपस्थिति थियो ।

शरदकालिन पर्वहरु तिहार, म्हपूजा तथा छटको उपलक्षमा आयोजित देउसी-भैलो कार्यक्रममा तेह्रथुम सरोकार समाज नेपाल का अध्यक्ष मोहन कुमार डाँगीले कार्यक्रमा सङ्कलित रकमबाट अक्षयकोष स्थापना गरी सोबाट प्राप्त हुने ब्याजबाट विपन्न वर्गका तेह्रथुमेहरुलाई गम्भीर स्वास्थ्य आइलागेमा नियमअनुसार सहयोग उपलब्ध गराइने जानकारी गराए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री सीता गुरुङ, पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक दीपक थाङ्देन, प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङ, समाजका प्रमुख सल्लाहकार बिजय सम्बाहाम्फे लगायको उपस्थिती थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ४१ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई