तिहारमा फूलबाट सजाउनुहोस् आफ्नो कपाल, रुप बदल्ने यी ६ तरिका | Khabarhub Khabarhub

तिहारमा फूलबाट सजाउनुहोस् आफ्नो कपाल, रुप बदल्ने यी ६ तरिका


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि कार्यक्रम तथा अवसरमा शीरदेखि पाउसम्म तयार भएपछि आकर्षक हेयर स्टाइल (कपालको सजावट) पनि उत्तिनै आवश्यक हुन्छ । त्यस पनि नारीका लागि त हेयर स्टाइल मुख्य आकर्षक बन्ने गर्दछ । यो तिहारमा तपाईंले आफ्नो पहिरनका साथै सुहाउने गहनालगाइ रहँदा कपालको स्टाइलमा पनि केही नयाँ गर्न सक्नु हुनेछ ।

तपाईं तिहारको अवसरमा आफ्नो कपाललाई रंगीबिरंगी फूलले सजाउन चाहनु हुन्छ ? यसो गर्दा कपालमा ‘फ्लावर बन’ बनाउन एक कुशल हेयर स्टाइलको रुपमा आफूलाई साबित गर्न पनि सक्नु हुनेछ ।

यी हेयर स्टाइल परम्परागत भेषभुषामा पनि उत्तिकै सुहाउने खालका हुनेछन् । तपाईंले साडी तथा लेहंगा पहिरदा पनि यस किसिमका हेयर स्टाइल बनाउन सक्नु हुनेछ ।

फूल हेयर बन

बन हेयर स्टाइल महिलाहरुलाई ज्यादै मन पर्ने हेयर स्टाइल हो । यदि तपाईं यसलाई केही फरक बनाउन चाहनु हुन्छ भने आकर्षक बनाउन केही विशेष कुरा आवश्यक छ ।

हेयर बनका लागि फूल एक महत्वपूर्ण चिज हो । पहिलेको समयमा पनि युवतीहरुले केही नभएको खण्डमा कपालमा फूल लगाएर सजाउने गर्दथे । त्यसैले फूलले तपाईंको रुपलाई केही समयभित्रै फरक देखाउने छ । त्यसैले आउनुहोस् यो तिहारको अवसरमा रंगीबिरंगी फूलको प्रयोगबाट तपाईंलाई फरक देखाउने हेयर स्टाइलका ६ तरिका यहाँ प्रस्तुत गर्दछौँ ।

चमेलीको फूल

बुनिएको चमेलीको फूलको एउटा गुच्छाले तपाईंलाई आकर्षक र सुन्दर देखाउने छ । यसले परफेक्ट लुक दिने छ । यदि तपाईं परम्परागत लुक अर्थात रुपका बारेमा सोच्दै हुनुहुन्छ भने त्यो पनि एक मन पर्ने रोजाइ हुनसक्छ ।

लेहंगा होस् या साडी यसका साथै कुनै पनि जातिय भेषभुषामा तपाईंले आफूलाई आकर्षक देखाउन सक्नु हुनेछ । चमेलीको फूल तपाईंको हेयर स्टाइलका साथ अत्यन्तै सुहाउने हुनेछ । तपाईंले आफ्नो कपालको बनको चारै तिर तथा गोलाईमा सजाएर लगाउन सक्नु हुन्छ । त्यसलाई कपालको चारै तिर तथा बेरेर लगाउन सकिनेछ । तपाईंले चमेलीको फूललाई बनको माथि तथा तल्लो भागमा लर्काएर पनि लगाउन सक्नु हुनेछ ।

सयपत्री फूल

सयपत्री फूल तपाईंको कपालका लागि एक आदर्श आभूषण हुनेछ । यो उज्ज्वल तथा जीवन्त हुन्छ । यसले तपाईंलाई पनि उत्तिकै जीवन्त बनाउने छ । यो फूल रेशमको साडी तथा लेहंगाको साथमा अत्यन्तै सुहाउने छ । यसले तपाईंलाई अत्यन्तै सुन्दर एवं परम्परागत रुप दिने छ ।
यसलाई धागोमा उनेर तपाईंले कपालको चारैतिर तथा गोलो रुपमा सजाएर लगाउन सक्नुहुनेछ ।

सुनगाभा अर्थात अर्किड फूल

अर्किड एक अन्तर्राष्ट्रिय फूलको रुपमा परिचित छ । यद्यपि, यसबाट पनि तपाईंले आफ्नो कपाललाई सजाउन सक्नु हुनेछ । यदि तपाई झिलमिलाउने लेहंगा लगाउनु हुन्छ भने अर्किडले सजाएको हेयर स्टाइलले तपाईंको आकर्षक सुन्दरतालाई पूर्ण बनाउने छ ।
अरु फूल जस्तो धरै नभइ दुई वा तीन मात्र उपयोग गर्नुहोस् । यसका साथै यो स्टाइलिस कपडामा पनि अन्त्यन्तै आकर्षक देखिने छ ।

गुलाबको फूल

गुलाबको प्राय सबैको मन पर्ने फूल हो । गुलाब सान, सुन्दरता तथा प्रेमको प्रतीक पनि हो । यो कुनै पनि प्रकारको साडी तथा लेहंगाको साथमा विशेष रुपमा रातो गुलाबले अत्यन्तै आकर्षक देखिने छ ।

यो तपाईंको केशको बनको एक भाग या पुरै कपालमा फूलको एउटा गुच्छा लगाउन सक्नु हुनेछ । यति मात्रै होइन यो हेयरस्टाइलले तस्वीरमा पनि अत्यन्तै राम्रो देखिने छ ।

हाइड्रेन्जिया फूल

भारतीय अभिनेत्री अनुष्का शर्माले आफ्नो विवाहमा दुलही बनेर सजिदा हाडे«न्जियाको फूलले सजिएको जुन दिन महिलाहरुले देखे, त्यसयता यसको सौदर्यताप्रति धेरैको आकर्षण बढेको देखिन्छ ।

यसले अत्यन्तै फरक र सुन्दर देखिने छ । लेहंगा तथा परम्परागत साडी वा कुनै अन्य कपडामा तपाईलाई यो फूलको सजावटले आकर्षण प्रदान गर्नेछ । तपाईंले आफ्नो कपालको बनलाई पुरै हाइड्रेन्जियाको फूलले ढाक्न सक्नु हुनेछ । साथै एउटा फूललाई बनको तल्लो भागमा राख्न पनि सक्नु हुनेछ ।

रंगीबिरंगी फूल

जब फूलमा तपाईंसँग थुप्रै विकल्पहरु छन् भने किन एउटै फूलमा भर पर्ने ? यस्तो अवस्थामा महिलाले आफ्नो कपाल सजाउनका लागि रंगीबिरंगी थुप्रै फूलको प्रयोग गर्न सक्छन् । यो वास्तवमा भन्ने हो भने अत्यन्तै राम्रो पनि देखिने छ ।

रंगीबिरंगी फूललाई तपाईंले आफ्नो कपालमा आकर्षक ढंगले सबैतिर सजाउन सक्नु हुनेछ । तपाईंले फूलको एक जोडीलाई लिन सक्नु हुनेछ । र, त्यसलाई कपालको चारै तिर तथा बुनेर लगाउन सक्नु हुनेछ । यस प्रकारको हेयर बनका लागि गोदावरी, लिली, डेजी, पोजीका साथै केही जंगली फूलको उपयोग पनि गर्न सकिनेछ । यो रुपका लागि तपाईंले कुनै पनि प्रकारको कपडा पहिरन सक्नु हुनेछ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  २ : ११ बजे

कोशी प्रदेश : क्यान्सर, मिर्गाैलालगायतका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण

झापा– कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा मंगलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सयपत्रीको मालाले सजिएका गणेशलाई लड्डुको भोग (तस्बिरहरू)

काठमाडौं– आज गणेश चतुर्थीको दिन भक्तजनहरुले भगवान् गणेशको विशेष पूजा

गणेश चौथीका अवसरमा सूर्यविनायक गणेश खटजात्रा सुरु

भक्तपुर– गणेश जन्मोत्सवका अवसरमा उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट