आगलागीका कारण उत्तरी क्यालिफोर्नियाबाट ५० हजार विस्थापित « Khabarhub

आगलागीका कारण उत्तरी क्यालिफोर्नियाबाट ५० हजार विस्थापित


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको दक्षिणी क्यालिफोर्नियाबाट झण्डै ५० हजार जना स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको हो ।

क्यालिफोर्नियाको जङ्गल तथा अग्नि नियन्त्रण विभागका अधिकारीले आगो अत्यन्त चाँडो फैलिएको जानकारी दिएका छन् ।

आगोले अहिलेसम्म ४९ वटा संरचना ध्वस्त पारिसकेको र अरु हजारौँ घरमा क्षति पुर्‍याउने देखिएको विभागका अधिकारीको भनाइ छ ।

अग्नि नियन्त्रकले क्यालिफोर्नियाका जङ्गलमा सल्किएको आगो नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा दशौँ लाख मानिस बिजुली आपूर्तिबाट वञ्चित हुन सक्ने चेतावनी पनि दिएका छन् ।

ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा बन्द गरिने भएको हो ।

उत्तरी क्यालिफोर्नियामा बुधबार शुरु भएको डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो ।

आगो निभाउन १३ सय भन्दाबढी अग्नि नियन्त्रक र विमानसमेत परिचालन गरिएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ८ : ३२ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट