पेशाप्रति इमान्दार बन्न स्वास्थ्यमन्त्रीको सुझाव | Khabarhub Khabarhub

पेशाप्रति इमान्दार बन्न स्वास्थ्यमन्त्रीको सुझाव


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालय मातहतमा सञ्चालित केन्द्रीय अस्पतालको निरीक्षण तथा अवलोकन थालेका छन् ।

अस्पतालको निरीक्षणका क्रममा बुधबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अवलोकन गरी स्वास्थ्यकर्मी तथा चिकित्सकलाई आफ्नो पेशाप्रति इमान्दार बनी सेवा पु¥याउन निर्देशन दिए ।

उनले भने, “मैले सुनेको छु केही स्वास्थ्यकर्मी तलब सरकारी लिन्छन्, काम निजीमा गर्दछन् । अब यो कार्य बन्द हुनुपर्छ । यसमा मन्त्रालयले प्रभावकारी अनुगमन गर्छ ।”

सरकारको नीति तथा कार्यक्रममा उल्लेखित स्वास्थ्यका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन गर्न र गरीब जनतालाई अस्पतालको सेवाबाट सन्तुष्ट पार्न मन्त्री ढकालले निर्देशन दिए ।

उपकरण खरिद प्रक्रियालाई पारदर्शी बनाउने जानकारी पनि उनले दिए ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : ०५ बजे

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु