सफाइमा ध्यान नदिने पाउरोटी उद्योगमा शिलबन्दी « Khabarhub

सफाइमा ध्यान नदिने पाउरोटी उद्योगमा शिलबन्दी


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधबार गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत संचालित भएको फेला पारेपछि अस्मिता पाउरोटी उद्योगलाई शिलबन्दी गरेको हो ।

टोलीले मेचीनगरमा रहेका आधा दर्जन बेकरी उद्योगमा अनुगमन गरेको थियो । मेचीनगर–१० मा रहेको अस्मिता पाउरोटी उद्योगले नेपाल सरकारले तोकेको खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्डलाई चरम बेवास्ता गर्दै आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेका कारण कारवाहीस्वरुप मेसिनमा शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले जानकारी दिए ।

टोलीले अनुगमन गर्दा अधिकांश उद्योग सफा सुग्घर नभएको, भाँडाकुँडा जथाभावी राखिएको, खानेकुराको स्वच्छतामा ध्यान नदिएको, मूल्यसूची नराखिएको र कामदारहरुले सरसफाइमा ध्यान नदिएको पाइएको अनुगमनमा संलग्न मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले जानकारी दिए ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर र घरेलु तथा साना उद्योग कार्यालय झापा, मेचीनगर नगरपालिका कार्यालयको प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ७ : १८ बजे

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी