अपडेट : अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो | Khabarhub Khabarhub

अपडेट : अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- नरपानीस्थित सातामाटामा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

दुर्घटनामा १७ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बस साँघुरो घुम्ती पार गर्न नसकेर दुर्घटना भएको हो । लु२ख २१४८ नम्बरको बस दुर्घटना हुँदा बसधनी, चालकसँगै सात महिला र १२ पुरुषले ज्यान गुमाएका छन् ।

बस सडकबाट तल खसेर दुई टुक्रा भएको छ। भीरमा छरिएको अवस्थामा सुरक्षाकर्मीले घाइतेको उद्धार र शव संकलन गरेका छन्।

घाइतेमध्ये भूमिस्थान नगरपालिका–९ का २३ वर्षीय शैलेश थापाको ठाडा प्राथमिक उपचार केन्द्र र बसधनी शीतगंगा नगरपालिका–२ का ३५ वर्षीय सन्तबहादुर बस्नेतको बुटवलको चौराहा अस्पताल पुर्‍याएपछि निधन भएको हो।

१३ घाइतेमध्ये ११ जनालाई बुटवल पठाइएकोमा एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा बसका चालक कपिलवस्तुको बुद्धभूमिका ३० वर्षीय ओमबहादुर थापा, सन्धिखर्क–७ का ५७ वर्षीय शिवलाल भट्टराई, ५० वर्षीय बलराम भट्टराई, २२ वर्षीया माया पुरी, ८ वर्षीया मोनिका खड्का, गुल्मी धुर्कोटका २८ वर्षीय राजकुमार महत र बसधनी बस्नेतकी भाइबुहारी शीतगंगा–२ की ३० वर्षीया सीता बस्नेतसँगै नौ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ७ : ३० बजे

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

सिरहा– मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट

काठमाडौंको मुटुमै रहेको रत्नपार्कमा रमाउँछन् केटाकेटी, तरुणतन्नेरी र बूढाबूढी (तस्बिरहरु)

काठमाडौं- रत्नपार्क राधानीको मुटुमै अवस्थित छ । काठमाडौंमा खुला स्थान

नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृत्यु

एजेन्सी– नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा