उपनिर्वाचनका लागि मौन अवधि शुरु, अब प्रचार गर्न नपाइने « Khabarhub

उपनिर्वाचनका लागि मौन अवधि शुरु, अब प्रचार गर्न नपाइने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपनिर्वाचन २०७६ का लागि गए राती १२ बजेबाट मौन अवधि शुरु भएको छ । निर्वाचन आचारसंहिता अनुसार मौन अवधि शुरु भएपछि उपनिर्वाचन नसकिँदासम्म कुनै पनि दल तथा स्वतन्त्र उम्मेदवारका पक्षमा चुनावी सभा, र्‍याली तथा मतदाता भेटघाटका कार्यक्रमहरु गर्न पाइने छैन ।

निर्वाचन आयोगले मौन अवधि शुरु भएलगत्तै आयोगबाट उपनिर्वाचनका लागि गरिनु पर्ने सबै तयारी समेत पूरा भएको जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगमा आयोजित पत्रकारसम्मेलमा उपनिर्वाचन प्रयोजनका लागि आयोगका तर्फबाट गरिनु पर्ने सबै तयारी सकिएको बताए ।

उनका अनुसार शनिबार हुने उपनिर्वाचनका लागि सम्बन्धित जिल्ला र मतदान केन्द्रहरुमा निर्वाचन सामग्रीहरु समेत पुगिसेकेको छ भने केहीमा बिहीबार विहानसम्म पुग्ने छ । यस्तै सबै केन्द्रहरुमा मतदान अधिकृत, सहायक मतदान अधिकृतहरु सहितका अन्य कर्मचारी समेत खटिसकेका छन् ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदान स्थल तथा ५३७ मतदान केन्द्रमा आवश्यकता अनुसार सुरक्षा प्रवन्धसमेत व्यवस्थापन भइसकेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेशसभा सदस्यका लागि भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा उप निर्वाचन हुँदैछ ।

यसैगरी स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख, संखुवासभाको मकालु गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि मतदान हुनेछ । स्थानीय तहमा भने ४३ वडाअध्यक्षका लागि मतदान हुनेछ ।

कुल ५२ पदका लागि हुने उपनिर्वाचनमा ३३३ (२५३ पुरुष र ८४ महिला) उम्मेदवार छन् । जसमा २५३ जना राजनीतिक दल र ८४ जना स्वतन्त्र छन् ।

उपनिर्वाचनमा ३७ जिल्लाका लागि २ लाख ३३ हजार ४०२ महिला र २ लाख २० हजार ७१० तथा अन्य २ जना गरी जम्मा ४ लाख ५४ हजार ११४ मतदाताले मताधिकारको प्रयोग गर्न सक्ने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ रिक्त पदमा निर्वाचन हुने एउटै मात्र निर्वाचन क्षेत्र कास्की २ मा ७१ हजार ८७१ जना, प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुर, बागलुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५, ३५ हजार १८४ र ६८ हजार ७१९ मतदाता रहेको आयोगले जनाएको छ । स्थानीय तहतर्फ २ लाख ३३ हजार ३२५ जना मतदाता छन् ।

उपनिर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३५४ कर्मचारी खटिएका छन् भने मतदान केन्द्रमा २,६८४ कर्मचारी, स्वयंसेवक २ हजार १६ गरी जम्मा ५ हजार ५४ जना खटिएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ८ : ०० बजे

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी