१० रुपैयाँमा तीन डल्ला प्याज ! « Khabarhub

१० रुपैयाँमा तीन डल्ला प्याज !


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बजारमा प्याजको मूल्य आकासिएपछि शेरेको घरमा तरकारीमा प्याज नपरेको एक महिना भयो । गुड फ्राइडे मनाउन उनीहरुले मासु लगायत अरु सवै सामग्रीको बन्दोबस्ती गरे । शेरेकी श्रीमती मासुका लागी प्याज किन्न बजार पुगी । साउँजीसँग प्याजको मूल्य सोध्दै-

शेरेकी श्रीमती: साउजी प्याजको मूल्य कति ?

साउजीः किलोको २ सय २० रुपैयाँ….।

(चतुर शेरेकी बुढीले यस्तो महँगो प्याज किनेर लैजाने विचार नगरी मनमनै उपाय सोची ) र भनी-

शेरेकी बुढीः (मस्किँदै) एक डल्लो प्याज दिनु न ! १० रुपैयाँ मात्रै छ ।

साउँजीः एक डल्लोलाई ४० रुपैयाँ जति पर्छ तर पनि… भन्दै एक सानो डल्लो प्याज दिन्छ ।

हेर्दा हेर्दै शेरेकी बुढीले अर्को ठूलो प्याजको डल्लो टिपेर भाग्छे । रिसको झोकमा साउजीले पर पुगेकी शेरेकी बुढीलाई प्याजको डल्लोले हिर्काउँछ । त्यो डल्लो पनि टिपेर शेरेकी बुढी टाप ।

साउजी ट्वाँ । 🙂 🙂

घरमा पुगेपछि…

श्रीमतीः सुन्नु भो आज मैलै १० रूपियाँमा तीन डल्लो प्याज़ ल्याएँ नि !

श्रीमानः ल गज्जब, तर कसरी ?

श्रीमतीः १० को एकमात्र दियो तर अर्को चाहिं मैले लिएर भागेँ ! पसलेले रिसले अर्को प्याजको डल्लोले मलाई हान्यो त्यो पनि टिपेर कुँदे….। 😀 😀 😀

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ५ : १४ बजे

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया