‘टेस्ट राइड’पछि मोटरसाइकल नै गायब ! « Khabarhub

‘टेस्ट राइड’पछि मोटरसाइकल नै गायब !


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेस्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेस्ट राइड’ गर्न दिन्छन् । होस पुर्‍याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ ।

काठमाडौँमा यसैगरी टेस्ट राइड गर्दा मोटरसाइकल नै गायब भएको छ । मोटरसाइकल धनी मिलन सुब्बाले ६ लाख ५० हजार पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार डटकममा राखे । त्यो देखेपछि काभ्रेका अञ्जन बराल खोज्दैखोज्दै सुकेधारा पुगे । बरालले किन्नु अगाडि ‘टेस्ट राइड’ गर्ने भनेपछि सुब्बाले सहजै हुन्छ भने ।

टेस्ट राइडमा गएको व्यक्ति निकै समय नआएपछि उहाँलाई मोटरसाइकल चोरी भएको आशङ्का भयो र तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौँमा खबर गरे ।

प्रहरीले मोटरसाइकल खोजी जारी राखेकै बेला आइतबार जनता बैंकका एक खातावालाको नक्कली हस्ताक्षर गरेर चेकमार्फत झण्डै २० लाख चोरी भएको सूचना आएपछि त्यसको अनुसन्धानमा प्रहरी खटियो ।

पैसा चोरी गर्नेलाई पक्राउ गर्ने क्रममा उक्त मोटरसाइकल फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताउँछन् । बैंकमा लुटपाट गर्ने र मोटरसाइकल चोरीमा अञ्जन सक्रिय देखिएको उनले बताए । उसले यसअघि पनि टेस्टराइडकै नाममा पटक–पटक मोटरसाइकल चोरी गरेको फेला परेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस्ता घटना बेला–बेलामा देखिएको र नयाँ मोटरसाइकल हराउने गरेको जनाएको छ । बुधबारमात्रै भेटिएका १७ मोटरसाइकलमा केही नयाँ मोटरसाइकलसमेत थियो ।

महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेलले साउनदेखि अहिलेसम्म ११८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १० : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै