विहेमा दाइजो दिने रकमबाट बालबालिका र महिलालाई न्यायो कपडा « Khabarhub

विहेमा दाइजो दिने रकमबाट बालबालिका र महिलालाई न्यायो कपडा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– विवाहमा दाइजो दिने रकमबाट सप्तरीमा १ व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झाले आफ्नी छोरी अभिलाषाको विवाहमा लाग्ने रकम सामाजिक कार्य लगाएका हुन् ।

बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २ सय ५० महिला र ३ सय बालबालिकालाई न्यायो लुगा वितरण गरेका छन् ।  त्यस्तै अशक्तताका कारण उपस्थित हुन नसकेका २४ वृद्घवृद्घालाई समेत बेहुली र उनका बुबाले घरमै गएर न्यायो लुगा प्रदान गरे ।

बेहुला पक्षका अभिभावकसमेतको सहमतिमा दाइजो लेनदेन नगर्ने भएपछि समुदायका विपन्न महिला तथा बालबालिकालाई लक्षित गरी राहतस्वरुप गरीब असहायलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको बेहुलीका बुबा झाले बताए ।

लत्ताकपडा पाएर खुशी भएकी उर्मिला सदाले २ छाक जोहो गर्न मजदुरी गर्नुपर्ने हामीजस्तालाई यो सहयोगले चिसो छल्न पनि निकै टेवा पुगेको बताइन् । झाकी छोरी अभिलाषा र सप्तरीकै बलानविहुल गाउँपालिका–४ निवासी अमरनाथ झाका छोरा अमितबीच बुधबार बिनादाइजो विवाह सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ११ : २१ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको