मोटरसाइकल र गाडीको नम्बर कसरी लेख्नुभएको छ ? कारबाहीमा पर्नुहोला « Khabarhub

मोटरसाइकल र गाडीको नम्बर कसरी लेख्नुभएको छ ? कारबाहीमा पर्नुहोला


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तपाईंले सवारी साधनको नम्बर प्लेट कसरी राख्नु वा लेख्नु भएको छ । ख्याल गर्नुस् गलत तरिकाले लेख्नु भएको भए कारबाहीमा पर्न सक्नु हुनेछ । त्यसैले नम्बर प्लेटका बारेमा जानकारी राख्नु होस् र कारबाहीबाट जोगिनुहोस् ।

यातायात व्यवस्था विभागले प्रदेश सङ्केतसहित सवारी साधनको नम्बरअगाडि दुई लाइनमा र पछाडि तीन लाइनमा राख्न अनिवार्य गरेको छ । विभागले एक सूचना जारी गर्दै नयाँ दर्ता हुने सवारी साधनलाई नम्बर राख्दा मिलाएर राख्न भनेको हो ।

गत वर्षदेखि नै सरकारले नयाँ दर्ता हुने सवारीसाधनमा नम्बर प्लेटमा अगाडि तल र माथि गरी दुई र पछाडि तीन लाइनमा नम्बर राख्ने गरी प्लेट निर्माण गर्न अनिवार्य गरेको थियो ।

धेरै सवारी धनीले नबुझेर दुई लाइनमा मात्रै नम्बर प्लेट बनाएको पाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार नम्बर नराख्ने सवारी साधनलाई कारवाही हुने बताइएको छ ।

सरकारले यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेसँगै सवारी साधनमा प्रदेशको सङ्केत अनिवार्य गरिएको थियो ।

कार्यालय प्रदेशमा गएपछि दर्ता भएका सवारी साधनमा प्रदेश सङ्केत उल्लेख भए पनि एक वर्षभन्दा पहिले दर्ता भएका सवारी साधनमा अञ्चलकै सङ्केत रहेको छ ।

यसरी नम्बर राख्नुस्

अगाडिको नम्बर प्लेट (दुई लाइनमा)

प्रदेश ३-०२
००२ प १२३४

पछाडिको नम्बर प्लेट (तीन लाइनमा)

प्रदेश ३-०२
००२ प
१२३४

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १ : १६ बजे

यातायात व्यवसायी महासंघको नेतृत्वलाई श्रमिकको सम्मन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’

पूर्वअनुमतिबिनाको समुद्री आवागमनविरुद्ध इरानको चेतावनी, हर्मुजमा कारबाहीको संकेत

एजेन्सी– इरानले हर्मुज जलघाँटीबाट पूर्वअनुमति बिना हुने कुनै पनि समुद्री

नेपाल मेडिकल काउन्सिलद्वारा घरमै बसेर उजुरी दिन सकिने पोर्टल सञ्चालन

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले आफ्नो सेवा प्रवाहलाई थप

घूस प्रकरणमा श्रीलङ्काली पूर्वमन्त्रीका छोरा पक्राउ

कोलम्बो- श्रीलङ्कामा पूर्वन्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागूऔषध