मोटरसाइकल र गाडीको नम्बर कसरी लेख्नुभएको छ ? कारबाहीमा पर्नुहोला « Khabarhub

मोटरसाइकल र गाडीको नम्बर कसरी लेख्नुभएको छ ? कारबाहीमा पर्नुहोला


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तपाईंले सवारी साधनको नम्बर प्लेट कसरी राख्नु वा लेख्नु भएको छ । ख्याल गर्नुस् गलत तरिकाले लेख्नु भएको भए कारबाहीमा पर्न सक्नु हुनेछ । त्यसैले नम्बर प्लेटका बारेमा जानकारी राख्नु होस् र कारबाहीबाट जोगिनुहोस् ।

यातायात व्यवस्था विभागले प्रदेश सङ्केतसहित सवारी साधनको नम्बरअगाडि दुई लाइनमा र पछाडि तीन लाइनमा राख्न अनिवार्य गरेको छ । विभागले एक सूचना जारी गर्दै नयाँ दर्ता हुने सवारी साधनलाई नम्बर राख्दा मिलाएर राख्न भनेको हो ।

गत वर्षदेखि नै सरकारले नयाँ दर्ता हुने सवारीसाधनमा नम्बर प्लेटमा अगाडि तल र माथि गरी दुई र पछाडि तीन लाइनमा नम्बर राख्ने गरी प्लेट निर्माण गर्न अनिवार्य गरेको थियो ।

धेरै सवारी धनीले नबुझेर दुई लाइनमा मात्रै नम्बर प्लेट बनाएको पाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार नम्बर नराख्ने सवारी साधनलाई कारवाही हुने बताइएको छ ।

सरकारले यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेसँगै सवारी साधनमा प्रदेशको सङ्केत अनिवार्य गरिएको थियो ।

कार्यालय प्रदेशमा गएपछि दर्ता भएका सवारी साधनमा प्रदेश सङ्केत उल्लेख भए पनि एक वर्षभन्दा पहिले दर्ता भएका सवारी साधनमा अञ्चलकै सङ्केत रहेको छ ।

यसरी नम्बर राख्नुस्

अगाडिको नम्बर प्लेट (दुई लाइनमा)

प्रदेश ३-०२
००२ प १२३४

पछाडिको नम्बर प्लेट (तीन लाइनमा)

प्रदेश ३-०२
००२ प
१२३४

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै