कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा « Khabarhub

कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी लगभग पूरा भएको छ । सो क्षेत्रका ८२ वटै मतदानकेन्द्रमा मतपेटिकालगायत निर्वाचनका सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिसकिएको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी गराए ।

मतदानअधिकृतसहित खटिएको टोलीले २०७४ सालपछि थपिएका नयाँ र छुट भएका मतदाता नामावलीमा समावेश भएका मतदाताको लागि परिचयपत्र वितरण गरिरहेको छ ।

प्रत्येक निर्वाचन केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई कार्यालय सहयोगी र एक सहयोगी गरी ५ जनालाई निर्वाचनमा खटाइएको छ । यसका साथै, निर्वाचन टोलीलाई सहयोग गर्न चार जना स्वयंसेवक पनि छन् ।

यसैबीच, गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । मौन अवधि दुरुपयोग गरेको सन्दर्भमा कतैबाट उजूरी नपरेको निर्वाचन कार्यालय कास्की प्रमुख सुवेदीले जानकारी गराए ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १ : १४ बजे

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार