रंगशाला निर्माणको सबै काम बिहीबार सकिने, पौडी पोखरीमा शुक्रबार पानी हालिने « Khabarhub

रंगशाला निर्माणको सबै काम बिहीबार सकिने, पौडी पोखरीमा शुक्रबार पानी हालिने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाहरु बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म निर्माण भइसक्ने जनाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव रमेश कुमार सिलवालले दशरथ रंगशालाको काम बिहीबार राति र सातदोबाटोस्थित हिटिङ सिसस्टमको पौडी पोखरीमा शुक्रबार बिहान पानी राखिने बताएका छन् ।

दशरथ रंगशालाको भीआईपी प्याराफिट र सरसफाइको काम बाँकी रहेको छ । तर, सदस्य सचिव सिलवालले बिहीबार रातिको १२ बजेसम्म भीआईपी प्यारापिटमा कुर्सी राख्नेदेखि सबै काम सकिने बताएका छन् ।

साथै सिलवालले रंगशालाको सरसफाइको काम शुक्रबारसम्म गरिसक्ने समेत बताए । यता पौडी पोखरी मा भने शुक्रबार पानी हाल्ने तयारी गरे पनि पौडी पोखरीको टाइल सेट नभएकाले शुक्रबार मात्रै पानी हालिने सिलवालले बताए ।

राखेपले शुक्रबार बेलुका ५ बजे सागको उद्घाटनको रिहर्सल गर्ने बताएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ४ : १४ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा