रंगशाला निर्माणको सबै काम बिहीबार सकिने, पौडी पोखरीमा शुक्रबार पानी हालिने « Khabarhub

रंगशाला निर्माणको सबै काम बिहीबार सकिने, पौडी पोखरीमा शुक्रबार पानी हालिने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाहरु बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म निर्माण भइसक्ने जनाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव रमेश कुमार सिलवालले दशरथ रंगशालाको काम बिहीबार राति र सातदोबाटोस्थित हिटिङ सिसस्टमको पौडी पोखरीमा शुक्रबार बिहान पानी राखिने बताएका छन् ।

दशरथ रंगशालाको भीआईपी प्याराफिट र सरसफाइको काम बाँकी रहेको छ । तर, सदस्य सचिव सिलवालले बिहीबार रातिको १२ बजेसम्म भीआईपी प्यारापिटमा कुर्सी राख्नेदेखि सबै काम सकिने बताएका छन् ।

साथै सिलवालले रंगशालाको सरसफाइको काम शुक्रबारसम्म गरिसक्ने समेत बताए । यता पौडी पोखरी मा भने शुक्रबार पानी हाल्ने तयारी गरे पनि पौडी पोखरीको टाइल सेट नभएकाले शुक्रबार मात्रै पानी हालिने सिलवालले बताए ।

राखेपले शुक्रबार बेलुका ५ बजे सागको उद्घाटनको रिहर्सल गर्ने बताएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ४ : १४ बजे

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार