निर्वाचन विरोधी गतिविधि गर्नेमाथि उच्च निगरानी « Khabarhub

निर्वाचन विरोधी गतिविधि गर्नेमाथि उच्च निगरानी


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- उपनिर्वाचन हुन दुई दिन मात्रै बाँकी हुँदा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । बुधबार र बिहीबार प्रहरीले कोहलपुरबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको आशङ्कामा १० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

मंसिर १४ गते उपनिर्वाचनलाई बिथोल्न निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा कोहलपुर नगरपालिका–६ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता रहेका छन् । प्रहरी नायब उपरीक्षक शाहीले निर्वाचन विरोधी कार्य गरेको आशङ्काका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए ।

‘कोहलपुर–६ मा उपनिर्वाचन बहिष्कारको पर्चा टाँसिरहेको अवस्थामा पक्राउ गरेका हौँ । चुनाव बहिष्कार गर्ने भन्दै कार्यकर्ता खटाइएको रहेछ । हामीले पर्चा पम्पलेट पनि बरामद गरेका छौँ’, उनले भने, ‘निर्वाचन विरोधी गतिविधि नगर्न सचेत गराउँदै उनीहरुलाई निगरानीमा छाडेका छौँ । निर्वाचन विरोधी गतिविधि गर्ने अन्य समूह तथा व्यक्ति पनि हाम्रो उच्च निगरानीमा छन् । सुरक्षा व्यवस्था कडा पारेका छौँ ।’

पक्राउ पर्नेमा वैद्य माओवादीका पोलिटब्यूरो सदस्य कोहलपुर–६ का भूपेन्द्र न्यौपाने शर्मा, केन्द्रीय सदस्य कोहलपुर–४ का तेजविक्रम शाही, बाँके जिल्ला सचिव कोहलपुर–३ का प्रेम थापा, जिल्ला सदस्य नेपालगञ्ज–१० का सुरेश वली, विद्यार्थी नेता हृदयेश शाह, साधारण सदस्य खजुरा गाउँपालिका–२ का पुम पोखरेल, वडा नं ६ का तारा विक, बर्दिया बाँसगढी नगरपालिका–९ का धीरेन्द्र सिंह, ठाकुरबाबा नगरपालिका–२ का पविराम आचार्य र कोहलपुर नगरपालिका–३ का विपिन रोकाय रहेका छन् ।

कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीका अनुसार उपनिर्वाचनको मौन अवधि शुरु भएसँगै सुरक्षा व्यवस्था झनै कडा पारेको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन् । उपनिर्वाचनलाई लक्षित गरेर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा सादा पोसाकमा समेत सुरक्षाकर्मी खटाइएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

उपनिर्वाचनलाई लक्षित गरेर थप सुरक्षाकर्मी परिचालन गरेर पैदल तथा गाडीमा २४ सै घण्टा गस्ती गर्ने व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ८ : ५९ बजे

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत