मिथिलावासी र अयोध्याको सम्बन्ध सँधै सुमधुर : निधि « Khabarhub

मिथिलावासी र अयोध्याको सम्बन्ध सँधै सुमधुर : निधि


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् ।

सीताराम विवाह महोत्सवअन्तर्गत आज (बिहीबार) जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट आएका प्रतीकात्मक जन्तीलाई स्वागत गर्दै पूर्वउपप्रधानमन्त्री निधिले मिथिला र अयोध्याको सम्बन्ध शाश्वत रहेको बताए ।

मिथिलावासी भौतिक सम्पत्तिका दृष्टिले गरीब भए पनि मनको धनी भएको चर्चा गर्दै उनले रामको ससुराली मिथिला र सीताको कर्मघर अयोध्या भएकामा मिथिलावासीलाई गर्व रहेको बताए ।

उनले सीताको साथले नै राम शक्तिशाली हुनुभएको र मर्यादा पुरूषोत्तम हुने गौरव प्राप्त गरेको भन्दै माता सीताकै कारण रामराज्य आदर्शका रूपमा स्थापित रहेको बताए ।

अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा रामसँगै सीताको मूर्ति पनि निर्माण हुनुपर्दछ भन्दै उपसभापति निधिले रामसँग सीताको मूर्ति नराखिएमा सीतारामको शक्ति नै अधुरो रहने बताए ।

नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले अयोध्या र मिथिलावासीको सम्बन्ध अटुट भएको प्रसङ्ग उल्लेख गरे ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : २० बजे

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत