आगोको राप धुरी कटाउँदै सकियो फुटुक पर्व « Khabarhub

आगोको राप धुरी कटाउँदै सकियो फुटुक पर्व


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको हिमाली गाउँ ओलाङचुङगोलामा मात्र मनाइँदै आएको फुटुक पर्व यो वर्षसमेत धुमधामका साथ मनाइएको छ ।

परापूर्व कालदेखि यस गाउँमा मात्र मनाइँदै आएको पर्वमा यो वर्ष विदेशी पाहुनासमेत पुगेका थिए । यो वर्षको फुटुक पर्व मनाउन स्वदेशी तथा विदेशी गरी सयौँको सङ्ख्यामा ओलाङचुङगोलामा मानिस जम्मा भएको स्थानीय टाँसी शेर्पाले बताए । कृष्ण पक्षको द्वितीयादेखि शुरु हुने पर्व औँसीका दिन सकिने गर्छ ।

पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सालगायत स्थानमा मानिसहरू अनिवार्य जम्मा हुने गरेका छन् । पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरेका छन् । पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ । यस्तै आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुने स्थानीय छेतेन शेर्पाले बताए ।

यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने विश्वास गरिन्छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन् । यस्तै लामाले देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गरेका छन् ।

लामाको नृत्य हेर्न साथै भगवान्को आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बा नजिकै पाल टाँगेर बस्छन् । गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष रोकिएको छैन ।

फुटुकमा नयाँ कपडा फेर्ने, मिठोमसिनो बनाएर खाने प्रचलन रहेको छ । पर्वका समयमा सीमावर्ती चीनको तीब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस जाने गरेका छन् । ओलाङ्चुङगोलामा ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा छ ।

निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनि विशेषरूपमा मनाइँदै आएको बताइन्छ । चीन र नेपालको सिमानाका नजिकै रहेको ओलाङचुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ । यस गाउँमा ५६ घरधुरी रहेका छन् भने नजिकैको बस्ती याङ्मामा ११ घरपरिवार छन् । यो गाउँ सदरमुकामबाट सवारीसाधनमा र हिँडेर गरी दुई दिनको समयमा पुगिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ११ : ०१ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण