पीपीएलको उपाधीका लागि चितवन र विराटनगर भिड्दै « Khabarhub

पीपीएलको उपाधीका लागि चितवन र विराटनगर भिड्दै


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज (शनिबार) चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुदैछ ।

पारस खड्काको नेतृत्वमा रहेको चितवन पहिलो संस्करणको फाईनल खेलेको टिम हो । यता, पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका प्रदिप ऐरीको विराटनगर गत संस्करण पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।

पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका प्रदिप फाईनल भिडन्तलाई लिएर निकै उत्साहित छन् । पछिल्लो खेलमा समातेको लयलाई विराटनगरले फाईनल खेलमा निरन्तरता दिन चाहेको कप्तान ऐरी बताउँछन् ।

यता, चितवनका कप्तान पारस खड्का गत संस्करणमा समेत फाइनल खेलेका कारण यसपटक अघि बढ्ने लक्ष्य लिएको बताउँछन् । लिग चरणमा चितवनले विराटनगरलाई १८ रनले पराजित गरेको थियो ।

लिगमा अपराजित रहेको चितवन फाईनल खेलमा समेत सोही लयलाई निरन्तर दिने लक्ष्यमा छ । चालू संस्करणमा चितवन सुरुवात देखिनै उपाधि लक्ष्यमा दृढ देखिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ६ : ४३ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने