‘प्रदेशबीच कानून र सुरक्षामा समन्वय जरुरी छ’ « Khabarhub

‘प्रदेशबीच कानून र सुरक्षामा समन्वय जरुरी छ’


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कानून निर्माण एवं सुरक्षा सुदृढ गर्नु सबै प्रदेशबीच समन्वय जरुरी रहेको बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज आयोजित कानून र सुरक्षासम्बन्धी अन्तरप्रदेश अनुभव आदानप्रदान कार्यक्रममा उनले मुलुकमा सुशासन कायम गर्न आवश्यक पर्ने कानून निर्माणमा सबै प्रदेशको अनुभव उपयोगी हुने विचार व्यक्त गरे ।

विगत २२ महिनाको प्रदेश सरकारले हासिल गरेको उपलब्धि सबै प्रदेशलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रबाट सुरक्षाको क्षेत्रमा हासिल गरेको उपलब्धि जनतालाई अनुभूति गराउन एक अर्कामा अनुभव आदानप्रदान गराउनुपर्नेमा जोड दिए ।

उनले प्रदेशका ११ लाख घरधुरीलाई प्रहरी स्टिकर टाँस्ने, जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरीलाई पोसाक परिवर्तन कक्षको निर्माण, सुरक्षा निकायका ५१ वटा संरचना निर्माण आदि गरी जनतासमक्ष सुरक्षाको पहुँच पुर्‍याएको बताए ।

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सबै प्रदेशबीच साझा चासो, आपसी समन्वय, कानून र सुरक्षासम्बन्धी समन्वय गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक ममिला तथा कानूनमन्त्रीहरु प्रदेश नं २ का ज्ञानेन्द्रकुमार यादव, प्रदेश नं ३ का शालिग्राम जमरकट्टेल, गण्डकी प्रदेशका हरिबहादुर चुमाङ, प्रदेश नं ५ का कुलप्रसाद केसी र सुदूरपश्चिम प्रदेशका प्रकाशबहादुर शाहको सहभागिता छ ।

सबै प्रदेशका मुख्य महान्याधिवक्ता, आन्तरिक मामिला कानून मन्त्रालय सचिव, प्रदेशका कानून, मन्त्रालयका उच्चस्तर कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश प्रमुखको सहभागिता थियो । छलफलपश्चात् अनुभवको निष्कर्ष सार्वजनिक गरिने सोही अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १ : २२ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर