‘प्रदेशबीच कानून र सुरक्षामा समन्वय जरुरी छ’ « Khabarhub

‘प्रदेशबीच कानून र सुरक्षामा समन्वय जरुरी छ’


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कानून निर्माण एवं सुरक्षा सुदृढ गर्नु सबै प्रदेशबीच समन्वय जरुरी रहेको बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज आयोजित कानून र सुरक्षासम्बन्धी अन्तरप्रदेश अनुभव आदानप्रदान कार्यक्रममा उनले मुलुकमा सुशासन कायम गर्न आवश्यक पर्ने कानून निर्माणमा सबै प्रदेशको अनुभव उपयोगी हुने विचार व्यक्त गरे ।

विगत २२ महिनाको प्रदेश सरकारले हासिल गरेको उपलब्धि सबै प्रदेशलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रबाट सुरक्षाको क्षेत्रमा हासिल गरेको उपलब्धि जनतालाई अनुभूति गराउन एक अर्कामा अनुभव आदानप्रदान गराउनुपर्नेमा जोड दिए ।

उनले प्रदेशका ११ लाख घरधुरीलाई प्रहरी स्टिकर टाँस्ने, जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरीलाई पोसाक परिवर्तन कक्षको निर्माण, सुरक्षा निकायका ५१ वटा संरचना निर्माण आदि गरी जनतासमक्ष सुरक्षाको पहुँच पुर्‍याएको बताए ।

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सबै प्रदेशबीच साझा चासो, आपसी समन्वय, कानून र सुरक्षासम्बन्धी समन्वय गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक ममिला तथा कानूनमन्त्रीहरु प्रदेश नं २ का ज्ञानेन्द्रकुमार यादव, प्रदेश नं ३ का शालिग्राम जमरकट्टेल, गण्डकी प्रदेशका हरिबहादुर चुमाङ, प्रदेश नं ५ का कुलप्रसाद केसी र सुदूरपश्चिम प्रदेशका प्रकाशबहादुर शाहको सहभागिता छ ।

सबै प्रदेशका मुख्य महान्याधिवक्ता, आन्तरिक मामिला कानून मन्त्रालय सचिव, प्रदेशका कानून, मन्त्रालयका उच्चस्तर कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश प्रमुखको सहभागिता थियो । छलफलपश्चात् अनुभवको निष्कर्ष सार्वजनिक गरिने सोही अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १ : २२ बजे

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँ– यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन

सोताङमा निःशुल्क स्वास्थ्य शिविर : उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौं– हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क

विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा पनि बनेन

काठमाडौं– कोशी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको विराटचोक घिनाघाट

अध्यक्षमा ओलीलाई २९५ मतको अग्रता, महासचिवमा पोखरेल ६२ मतले अगाडि

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी

बागमती प्रदेश : पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती– चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक