कम्युनिस्ट सरकारका कारण विदेशी लगानी आएन भन्नेलाई सम्मेलनले जवाफ दिन्छ– प्रधानमन्त्री ओली « Khabarhub

कम्युनिस्ट सरकारका कारण विदेशी लगानी आएन भन्नेलाई सम्मेलनले जवाफ दिन्छ– प्रधानमन्त्री ओली


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट सरकारका कारण लगानी आएन भन्नेहरुलाई लगानी सम्मेलनले जवाफ दिने बताएका छन् ।

विहीबार राजधानीमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रदेश नम्बर तीनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले लगानी आएन भनिरहेको भन्दै उनीहरुलाई लगानी सम्मेलनले जवाफ दिने बताए ।

‘उद्योगधन्दा बेचेर खानेहरुले नै कम्युनिस्ट सरकार भएका कारण लगानी आएन भनिरहेका छन्’ ओलीले भने,‘उनीहरुलाई लगानी सम्मेलनले जवाफ दिन्छ ।’

स्थायी सरकार र सरकारले प्रत्याभूत गरेको सुशासनका कारण विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न आकर्षित रहेको प्रधानमन्त्री ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले सरकार सकारात्मक बाटोमा हिँडेका कारण विकास र समृद्धि चाडैं हासिल हुने दाबी गरे । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको बाँकी काम चाडैं सकिने बताए ।

विखण्डनको पक्षमा रहेकाहरुलाई मूलधारको राजनीतिमा ल्याएको र हिंसा हत्या मच्चाउने विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको भन्दै प्रधानमन्त्री ओलीले हिंसा र अपराधलाई सरकारले सहन नसक्ने बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १ : ५६ बजे

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम