कम्युनिस्ट सरकारका कारण विदेशी लगानी आएन भन्नेलाई सम्मेलनले जवाफ दिन्छ– प्रधानमन्त्री ओली « Khabarhub

कम्युनिस्ट सरकारका कारण विदेशी लगानी आएन भन्नेलाई सम्मेलनले जवाफ दिन्छ– प्रधानमन्त्री ओली


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट सरकारका कारण लगानी आएन भन्नेहरुलाई लगानी सम्मेलनले जवाफ दिने बताएका छन् ।

विहीबार राजधानीमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रदेश नम्बर तीनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले लगानी आएन भनिरहेको भन्दै उनीहरुलाई लगानी सम्मेलनले जवाफ दिने बताए ।

‘उद्योगधन्दा बेचेर खानेहरुले नै कम्युनिस्ट सरकार भएका कारण लगानी आएन भनिरहेका छन्’ ओलीले भने,‘उनीहरुलाई लगानी सम्मेलनले जवाफ दिन्छ ।’

स्थायी सरकार र सरकारले प्रत्याभूत गरेको सुशासनका कारण विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न आकर्षित रहेको प्रधानमन्त्री ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले सरकार सकारात्मक बाटोमा हिँडेका कारण विकास र समृद्धि चाडैं हासिल हुने दाबी गरे । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको बाँकी काम चाडैं सकिने बताए ।

विखण्डनको पक्षमा रहेकाहरुलाई मूलधारको राजनीतिमा ल्याएको र हिंसा हत्या मच्चाउने विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको भन्दै प्रधानमन्त्री ओलीले हिंसा र अपराधलाई सरकारले सहन नसक्ने बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १ : ५६ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा