तीनै तहमा कर्मचारी समायोजनको काम पूरा « Khabarhub

तीनै तहमा कर्मचारी समायोजनको काम पूरा


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको काम पुरा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी तीनै तहमा कर्मचारी समायोजनको काम पूरा भएको जानकारी दिएका हुन् । अहिले रहेको दरबन्दीअनुसार मन्त्रालयले तीनै तहमा कर्मचारी समायोजनको काम सकेको हो ।

उनले तीनै तहमा एक लाख ३१ कर्मचारी समायोजन गरिएको बताए । तीनै तहमा कर्मचारी समायोजन भएपछि संघीय संरचनामा गएको मुलुकको प्रशासनिक सङ्क्रमणकालसमेत सकिएको छ ।

मन्त्री पण्डितले तोकिएको समयभन्दा केही समय ढिलो समायोजन गरिएको भन्दै समायोजन गरिएका कर्मचारीलाई पत्र दिइ सम्बन्धित तहमा खटाउने कार्य भइरहेको जानकारी दिए ।

“समायोजन फाराम कर्मचारीले अधुरो विवरण भर्दा समायोजन लम्बिएको हो”, उनले भने, “ढिलै भए पनि सबैको सहयोगले समायोजनको काम सकिएको छ ।”

मन्त्रालयका समायोजन महाशाखा प्रमुख केदारप्रसाद पनेरुका अनुसार संघमा ४८ हजार ४०९ दरबन्दीमा ४० हजार ७६९, प्रदेशमा २२ हजार २९७ मध्ये १४ हजार ६५९ र स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये ५० हजार ७९० कर्मचारी समायोजन भएको छ ।

स्थानीय तहमा निजामतीबाट ३१ हजार ४३, साविक स्थानीय निकायका १० हजार ५४०, साविक जिल्ला विकास समितिबाट एक हजार २४१ र अन्य सेवाबाट ३१६ तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार सात हजार ६५० कर्मचारी समायोजन गरिएको सहसचिव पनेरुले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले पहिलो चरणमा गत माघ ३ गते विशिष्ट श्रेणीका कर्मचारी, माघ २१ गते राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी र गत माघ २३ देखि यहि चैत ११ गतेसम्म अन्य बाँकी कर्मचारीको समायोजनको काम सकिएको हो ।

उनले कर्मचारीको रोजाइ, प्राथमिकता क्रम, निजको सम्बन्धित पदको ज्येष्ठता र स्थायी ठेगानाको आधारमा कर्मचारी समायोजन प्रणाली (सफ्टवेयर)मार्फत समायोजन गरिएको बताए । समायोजन गरिएकामध्ये संघमा सबभन्दा बढी प्रशासन समूहका २१ हजार ७०८, इञ्जिनीयरिङ छ हजार ४९ र न्याय सेवाका तीन हजार ४५९ कर्मचारी रहेका छन् ।

यस्तै प्रदेशमा प्रशासन समूहतर्फ चार हजार ३५५, वन समूहतर्फ तीन हजार ४६५ र स्वास्थ्य समूहका दुई हजार ३९४ कर्मचारी रहेका छन् । यस्तै स्थानीय तहमा समायोजन गरिएकामध्ये स्वास्थ्य सेवाका धेरै रहेका छन् । स्थानीय तहमा स्वास्थ्य सेवामा २२ हजार १७६ रहेका छन् । मन्त्री पण्डितले अपुग कर्मचारीलाई यसै आर्थिक वर्षमा लोकसेवा आयोगबाट परिपूर्ति गरिने जानकारी गराए ।

समायोजनका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म आफूले चाहेको तहमा जानका लागि कर्मचारीलाई अनलाइन फाराम भराइएको थियो र त्यही अनलाइन फाराम भरेको आधारमा मन्त्रालयले गत माघ ३ गतेदेखि कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न थालेको हो ।

करीब ८५ हजार कर्मचारीमध्ये ७७ हजारले समायोजनका लागि आवेदन दिएका थिए । प्रदेश नं १ मा दुई हजार ४१५, प्रदेश नं २ मा एक हजार ८१२, प्रदेश नं ३ मा दुई हजार ५२५, गण्डकी प्रदेशमा एक हजार ७४८, प्रदेश नं ५ मा दुई हजार ५३२, कर्णाली प्रदेशमा एक हजार ३३४ र सुदूरपश्चिम प्रदेशमा एक हजार ४५५ कर्मचारी समायोजन गरिएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ८ : ५८ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील