साउदीमा अलपत्र परेकी महिलाको ८ महिनापछि उद्धार « Khabarhub

साउदीमा अलपत्र परेकी महिलाको ८ महिनापछि उद्धार


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आठ महिनादेखि साउदी अरबमा अलपत्र अवस्थामा रहेकी एक महिलाको उद्धार गरी स्वदेश फकाइएको छ । नेपाली भाषी पश्चिम बंगालस्थित अलिपुरकी ती महिलाको हेल्प नेपाली मिसन र आङ कामी शेर्पा अगुवाइमा उद्धार गरी स्वदेश फकाइएको हो । उनका नाम भने खुलाइएको छैन ।

आठ महिनासम्म अलपत्र ती महिला कहिले नेपाली दुतावास र कहिले साउदीमा रहको भारतीय दूतावासमा उद्धारका लागि धाउने गरेपनि उनको पहिचान नखुलेपछि मिसनले उद्धार गरी घरपरिवारलाई जिम्मा लगाएको छ ।

भारतीय नागरिक भएपनि दलाल पञ्चु लामाले स्याङ्जाकी सिमा सुबेदीको राहदानी बनाएर उनलाई साउदी पठाएको थिए ।

नक्कली कागजात भएका कारण साउदीबाट ती महिलालाई कसले उद्धार गर्ने भन्ने समस्या थिइ । त्यसपछि दुबै देशका दूतावासको सहयोगमा उद्धार गरिएको मिसनका अध्यक्ष कवि कार्कीले जानकारी दिए । यो विषयमा दुबै देशका दूतवासले अनुसन्धानका लागि सम्बन्धित निकायलाई पत्रचार गरेको उनको भनाई छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १० : ५२ बजे

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ