२ नम्बर प्रदेशले कर्मचारी पदस्थापन गर्न सकेन, काम नगरि तलब पकाउँदै कर्मचारी « Khabarhub

२ नम्बर प्रदेशले कर्मचारी पदस्थापन गर्न सकेन, काम नगरि तलब पकाउँदै कर्मचारी


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा–कर्मचारी अभावका कारण काम गर्न कठिनाइ भएको बताउँदै आएको प्रदेश सरकारले कर्मचारी उपलब्ध हुँदा भने पदस्थापन गर्न सकेको छैन ।

प्रदेश नं २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं २ मा समायोजन भएर आएका कर्मचारीको एक महीना बित्न लाग्दासमेत पदस्थापन हुन नसकेको हो ।

प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा विगत एक महीनादेखि सयौं कर्मचारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै हाजिर गरी तलब पकाइरहेका छन् ।

सामान्य प्रशासन मन्त्रालयबाट प्रदेश नं २ मा पदस्थापनको लागि दुई हजार ४२२ कर्मचारी नामावलीसहितको पत्र मुख्यमन्त्री कार्यालयमा चैत महीनाको मध्यतिर पठाइसकेको छ । जसमध्ये हालसम्म लेखाअधिकृत, शाखा अधिकृत, सहलेखापाल जस्ता कर्मचारीलाई मात्रै पदस्थापन भएको छ ।

नायब सुब्बा, सहायक वन अधिकृत, खरिदार, प्राविधक तर्फको कर्मचारी, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी जस्ता सयौं कर्मचारीको पदस्थापन भएको छैन । जसका कारण ती कर्मचारी अहिले मुख्यमन्त्री कार्यालयमै हाजिर गरेर कामै नगरी तलब खाइरहेका छन् ।

मुख्यमन्त्री कार्यालयमै हाजिरी गर्न आएका एक कर्मचारीले भने, “हामीलाई कतै पदस्थापन नगरेसम्म त यसरी नै मुख्यमन्त्री कार्यालयमा आएर हाजिर गरी तलब खाने हो । यो हाम्रो रहर होइन । प्रदेश सरकारले चाँडै पदस्थापन गरोस् । हामी काममा खट्छौं ।”

अन्य सबै प्रदेशमा कर्मचारी पदस्थापनको काम दुई साताअघि नै भइसकेको छ । प्रदेश नं २ मा कर्मचारी पदस्थापन नहुँदा विभिन्न कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कार्यसम्पादनमा समस्या भइरहेको छ । विकासको काम पनि कर्मचारी अभावले गति लिनसकेको छैन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित प्रमुख सचिव कोमल खत्रीले कर्मचारी पदस्थापनका लागि मापदण्ड तयार गर्ने काम भइरहेकाले चाँडै पदस्थापन हुने बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १२ : ५७ बजे

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल

शंकर पोखरेलको दुई दलीय विचारले खायो हावा !

काठमाडौं– संसदीय राजनीतिमा सधैँ असफल मानिएका नेकपा (एमाले) का महासचिव

ट्राफिक स्वयंसेवक बने प्रहरी स्कुलका विद्यार्थी

चितवन– कक्षा १० को शैक्षिक गतिविधि सकिएपछि एसईई परीक्षाको तयारीमा

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले