अमेरिकामा पढ्न चाहनेलाई राजदूत बेरीको सुझाव : समय र परिश्रम धेरै लाग्छ, बुझ्न आउनुहोस् « Khabarhub

अमेरिकामा पढ्न चाहनेलाई राजदूत बेरीको सुझाव : समय र परिश्रम धेरै लाग्छ, बुझ्न आउनुहोस्


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘अमेरिकी राजदूतसँग गफ गाफ’ कार्यक्रमको पहिलो अंक सार्वजनिक भएको छ । अध्ययनका लागि अमेरिका जान चाहनेहरुको जिज्ञासालाई समेट्ने गरी तयार पारिएको यो कार्यक्रमको अंकमा नेपाली विद्यार्थीको अमेरिकी शिक्षा प्रतिको मोह र त्यसका लागि अमेरिकी सरकार र नेपालस्थित अमेरिकी दूतावासले गर्ने सहयोगका विषयमा सल्लाह दिइएको छ ।

यो कार्यक्रमको प्रोमोका रुपमा सार्वजनिक गरिएको ३४ सेकेन्डको भिडियोमा पनि अमेरिकी शिक्षा तथा भिसा प्रक्रियाका विषयलाई देखाइएको छ । जुन भिडियोमा प्राचीले अमेरिकी शिक्षाका लागि भिसा प्रक्रियाका विषयमा अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोधेको प्रश्नमा निक्कै गज्जबले जवाफ दिएका छन् ।

‘अमेरिकामा पढ्न चाहने विद्यार्थीलाई के सल्लाह दिनुहुन्छ ?’ भन्ने प्राचीको प्रश्नमा राजदूत बेरीले भनेका छन्, ‘प्राचीजी, प्रश्नका लागि धन्यवाद । अधिकांश विद्यार्थीहरुले शुरुमै अध्ययन भिसा बारे सोध्छन् । जबकि वास्तवमा अमेरिकामा अध्ययन गर्ने प्रक्रियाको तयारी गर्नकै लागि निक्कै समय र परिश्रम लाग्छ । यदी तपाईं सम्भावित विद्यार्थी हो भने, तपाईंलाई अमेरिकी दूतावासमा रहेको हाम्रो अमेरिकन सेन्टरमा आउन र हाम्रा अमेरिकी शिक्षा सम्बन्धि काम गर्ने सल्लाहकारसँग भेट्न प्रोत्साहित गर्दछु । ता कि तपाईंलाई अमेरिकामा अध्ययन गर्ने सम्बन्धी परीक्षा र तयारी बारे सही सूचना मिलोस।

अहिले अमेरिकाका ४ हजारभन्दा बढी कलेज र विश्वविद्यालयमा विश्वभरमा विद्यार्थी अध्ययनका लागि पुगेको दाबी गर्दै दूतावासले अमेरिकामा पढ्न जाने विद्यार्थीको संख्या प्रत्येक वर्ष बढ्दै गएको जनाएको छ ।

यसरी अमेरिकामा पढ्न जाने विद्यार्थीको संख्या बढ्सँगै सबैको एउटै जिज्ञासा हुने भएकाले सोही जिज्ञासालाई सम्बोधन गर्ने गरी नेपालस्थित अमेरिकी दूतावासले ‘गफगाफ’ शीर्षकमा कार्यक्रम तयार पारेको हो ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ८ : २५ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले