घरको जग खन्ने क्रममा माटोले पुरिएर २ जनाको मृत्यु « Khabarhub

घरको जग खन्ने क्रममा माटोले पुरिएर २ जनाको मृत्यु


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वीरगन्ज– घरको जगका लागि खाल्टो खन्ने क्रममा माटोले पुरिएर पर्साको वीरगन्जमा २ जनाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–१४ स्थित राजाराम जलाको निर्माणाधीन घरको जगको लागि खाल्टो खन्ने क्रममा माटोले पुरिएका २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको बिश्रामपुर–५ ईटिहायीका ५० वर्षीय दशरथ पण्डित र बाराको परवानिपुर–४ का ५० वर्षीय जवाहिर राम छन् ।

माटोले पुरिएका बाराको परवानिपुरका ४५ वर्षीय राजेन्द्र रामको भने गण्डक अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ घरको जगका लागि खाल्टो खन्ने क्रममा ३ जना माटोमा पुरिएका थिए । तीनैजनालाई उद्दार गरी उपचारका लागि लगिएको बारा बिश्रामपुरका पण्डितको तराईं अस्पताल वीरगन्जमा मृत्यु भएको थियो । यस्तै परवानिपुरका जवाहिर रामको गण्डक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ११ : १४ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ