मोदीको सपथग्रहणमा प्रधानमन्त्री ओली सहभागी हुने | Khabarhub Khabarhub

मोदीको सपथग्रहणमा प्रधानमन्त्री ओली सहभागी हुने


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी हुने औपचारिक जानकारी दिएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको औंपचारिक नियन्त्रणापछि सपथग्रहण समारोहमा सहभागी हुन भारत जाने जानकारी दिए । प्रधानमन्त्री ओली आगामी जेठ १६ गते बिहीबार दिउँसो भारत प्रस्थान गर्नेछन् ।

सोही दिन साँझ हुने भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी हुने र भोलिपल्ट (शुक्रबार)प्रधानमन्त्री मोदीसँग सामान्य भेटवार्ता गरेपछि प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु पनि सहभागी हुनेछन् ।

यसैबीच, भारतका लागि पूर्व नेपाली राजदूत दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुनरागमन नेपालको लागि हितकर हुने दावी गरे । भारतमा मोदीको पुनरागमन नेपालको हितमा हुने उनको दावी थियो ।

पूर्व राजदुत सिंहले भारतीय प्रधानमन्त्री मोदीकै कार्यकालमा दुई मुलुकबीचको सम्बन्ध राजनीतिक स्तरमा विकास हुन पुगेको पनि स्मरण गरे ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ५ : १८ बजे

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ