भारतमा रोकिएका पेट्रोलका ट्यांकर नेपाल आउन थाले | Khabarhub Khabarhub

भारतमा रोकिएका पेट्रोलका ट्यांकर नेपाल आउन थाले


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थ बोकेर ट्याङ्कर नेपाल भित्रिन थालेपछि पूर्वमा पेट्रोलियम पदार्थको सहज हुने भएको छ ।

अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको थियो ।

मंगलबार मात्रै पेट्रोलियम पदार्थ बोकेका ७२ वटा ट्याङ्कर भन्सार भएर नेपाल प्रवेश गरेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए । चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको अभाव देखिएको थियो ।

मंगलबार दिउँसोदेखि पेट्रोल पम्पबाट तेल वितरण हुन थालेपछि पम्पहरुमा सवारीको लाइन देखिएको छ । पूर्वका चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको नेपाल आयल निगम चारआलीले जनाएको छ ।

भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्यांक राख्न शुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ५ : ३४ बजे

प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक नेपाली पक्राउ

काठमाडौं– प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक जना नेपाली

मनै लोभ्याउने शैलुङको सुन्दरता (तस्बिरहरू)

काठमाडौं– दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै सुन्दर, रमणीय पर्यटक

सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो

काठमाडौं- विपद् पूर्वाभ्यासको क्रममा गत जेठ २२ गते कोशी बराजस्थित

पुँजी बजारमा अर्थमन्त्रीको आश्वासन : बिचौलियाको फन्दामा नपर्नुहोस्, सरकार सहयोग गर्न तयार छ

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार पुँजी बजारको विकास र

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

मुस्ताङ– उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति