महिनावारी नियमित प्रक्रिया हो, विभेद नगरौंः मन्त्री मगर « Khabarhub

महिनावारी नियमित प्रक्रिया हो, विभेद नगरौंः मन्त्री मगर


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले समतामूलक समाज निर्माणका लागि महिलामाथि हुने सबै किसिमका विभेद र हिंसाको अन्त्य हुनुपर्ने बताएकी छन् । छैटौं अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा मन्त्री मगरले जातीय विभेद अन्त्य गरिनुपर्ने धारणा राखेकी हुन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले महिनावारी भएको समयमा महिलामाथि गरिने विभेदको अन्त्य गरिनुपर्ने धारणा राख्दै भनिन्,‘महिनावारी प्राकृतिक र नियमित प्रक्रिया हो, कसैलाई विभेद नगरौं ।’  महिनावारीको विभेद हटाउन भए गरिएका कार्यक्रम लक्षित समुदायसम्म पुगे पुगेनन् त्यस विषयमा अनुगमन र अध्ययन गर्नुपर्ने उनले बताइन् ।

महिनावारी भएकी महिला र जातीय आधारमा गरिँदै आएको छुवाछुतको अन्त्य नभएसम्म महिलाले सम्मानि जीवन जीउने वातावरण श्रृजना हुन नसक्ने मन्त्री मगरको भनाइ थियो । छैटौं अन्तर्राष्ट्रिय महिनावारी दिवसको यस बर्षको नारा ‘मर्यादित महिनावारीः अब त काम थालौ’ राखिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ७ : ४४ बजे

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता