सुमार्गीको ‘शंकास्पद’ रकमको श्रोत खोज्न राष्ट्र बैंकका नाममा सर्वोच्चको परमादेश « Khabarhub

सुमार्गीको ‘शंकास्पद’ रकमको श्रोत खोज्न राष्ट्र बैंकका नाममा सर्वोच्चको परमादेश


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको रकमको श्रोत खोज्न र सम्पति शुद्धीकरण ऐनको उल्लंघन भएको हो कि होइन एकिन गर्न राष्ट्र बैंकका नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलासले सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको हो ।

आदेशमा सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न भनिएको छ । अदालतले विदेशमा रहेको सुमार्गीको खाताबाटै स्वदेशमा रकम भित्रिएको दाबी गर्दै उक्त रकमको ६ महिनाभित्र वैधता जाँच्न राष्ट्र बैंकलाई भनेको छ । सुमार्गीको नाममा रहेको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा ल्याइएको करिब ८० करोड रुपैयाँ राष्ट्र बैंकले रोकेको थियो । इन्भेष्टमेन्ट बैंकमा रहेको सो रकम रोकिएपछि सुमार्गी उक्त रकम नरोक्न भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सुमार्गी अदालत पुगेलगत्तै तत्कालीन न्यायाधीश दीपकराज जोशीले सो रिटमाथि सुनुवाई गर्दै रकम नरोक्न आदेश दिएका थिए ।

त्यसलगत्तै सुमार्गी केही रकम इन्भेष्टमेन्ट बैंकबाट अन्यत्र सारेका थिए । तर पछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि राष्ट्र बैंकले सारिएको रकम फिर्ता गर्न ताकेता गरेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ५ : ५० बजे

अमेरिकी र इजरायली आक्रमणमा इरानमा १३ सयभन्दा बढीको मृत्यु भएको रेड क्रिसेन्टको दाबी

गत शनिबारदेखि सुरु भएको अमेरिका र इजरायली आक्रमणमा परी इरानमा

बैतडीमा मतगणना सुरु

बैतडी– बैतडीमा मतगणना सुरु भएको छ। केहीबेरअघि सिगास गाउँपालिकाबाट मतगणना

मतगणनास्थलमै हृदयघात हुँदा रास्वपा प्रतिनिधिको निधन

मोरङ- मोरङ क्षेत्र नम्बर २ को मतगणनास्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका

धनुषा–३ मा रास्वपाका मनिष झा १० हजार ९३४ मतान्तरले अगाडि

काठमाडौं– धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

काठमाडौं-९ मा रास्वपाका डोलप्रसाद अर्यालको फराकिलो अग्रता

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ को प्रारम्भिक मतगणनामा राष्ट्रिय