लोकसेवा आयोग सम्बन्धी विधेयक प्रस्तुत « Khabarhub

लोकसेवा आयोग सम्बन्धी विधेयक प्रस्तुत


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठकले लोकसेवा आयोगसम्बन्धी विधेयक संसदमा पेश गरेको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ टेबुल गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधेयक पारित भएपछि प्रदेश सरकारलाई आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन हुने भई सरकार मातहतका कार्यालय एवं निकायको काम प्रभावकारी ढङ्गले अघि बढाउन सहज हुने बताए ।

प्रदेश सरकारका विभिन्न मन्त्रालय, मातहतका कार्यालयका साथै सङ्घीय सरकार मातहतका कार्यालयमा अझै पनि दरबन्दी सङ्ख्याअनुसारका कर्मचारीको पूर्ति हुन सकिरहेको छैन ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ८ : ५४ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका