मुसलधारे पानी पर्दा जलेश्वर कारागार डुवानमा « Khabarhub

मुसलधारे पानी पर्दा जलेश्वर कारागार डुवानमा


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– शुक्रबार बिहान परेको मुसलधारे पानीका कारण महोत्तरीको जलेश्वर कारागार डुवानमा परेको छ ।

विहान ५ बजेदेखि करिब ७ बजेसम्म परेको मुसलधारे पानीका कारण जलेश्वर कारागार डुवानमा परेको हो । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लासमेतको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुवानमा परेपछि कैदीबन्दी समस्यामा परेका छन् ।

झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार वरपर सामान्य वर्षातमा समेत पानी जम्ने गर्छ । जलेश्वर नगरपालिकाको सबैभन्दा गहिरो स्थानमा रहेका कारण कारगार वर्षातको समयमा डुवानमा पर्ने गरेको निमित्त जेलर प्रदीपकुमार साहले बताए ।

मुसलधारे वर्षाका कारण कारागारको बाहिर मूलद्वारदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी जम्मा भएको छ ।

कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानी भित्र प्रवेश गरेर पूरै कारागार जलमग्न र अस्तव्यस्त भएको चौकीदार श्यामसुन्दर यादवले बताए ।

उनका अनुसार वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान समस्या भएको छ ।

जलेश्वर कारागारमा हाल ४१९ जना पुरुष, ४१ जना महिला र ३ जना आश्रित बालबालिका गरी जम्मा ४६३ जना कैदीबन्दी रहेका छन् ।

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेक समेत पानीले प्रभावित बनेको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ११ : ५७ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा