मुसलधारे पानी पर्दा जलेश्वर कारागार डुवानमा | Khabarhub Khabarhub

मुसलधारे पानी पर्दा जलेश्वर कारागार डुवानमा


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– शुक्रबार बिहान परेको मुसलधारे पानीका कारण महोत्तरीको जलेश्वर कारागार डुवानमा परेको छ ।

विहान ५ बजेदेखि करिब ७ बजेसम्म परेको मुसलधारे पानीका कारण जलेश्वर कारागार डुवानमा परेको हो । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लासमेतको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुवानमा परेपछि कैदीबन्दी समस्यामा परेका छन् ।

झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार वरपर सामान्य वर्षातमा समेत पानी जम्ने गर्छ । जलेश्वर नगरपालिकाको सबैभन्दा गहिरो स्थानमा रहेका कारण कारगार वर्षातको समयमा डुवानमा पर्ने गरेको निमित्त जेलर प्रदीपकुमार साहले बताए ।

मुसलधारे वर्षाका कारण कारागारको बाहिर मूलद्वारदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी जम्मा भएको छ ।

कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानी भित्र प्रवेश गरेर पूरै कारागार जलमग्न र अस्तव्यस्त भएको चौकीदार श्यामसुन्दर यादवले बताए ।

उनका अनुसार वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान समस्या भएको छ ।

जलेश्वर कारागारमा हाल ४१९ जना पुरुष, ४१ जना महिला र ३ जना आश्रित बालबालिका गरी जम्मा ४६३ जना कैदीबन्दी रहेका छन् ।

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेक समेत पानीले प्रभावित बनेको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ११ : ५७ बजे

जेन-जीबाटै प्रधानमन्त्री भइहाल्नुस् : रेशम चौधरी

काठमाडौं– जेन-जीबाटै प्रधानमन्त्री बनाउनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम

संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न राष्ट्रपतिको अपिल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने

जनकपुरधामको सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरमा भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा भएको

जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका विराटनगर सरकारी कार्यालयको सरसफाइ सुरु

काठमाडौं– जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनीका कारण ध्वस्त भएका

प्रधान सेनापतिसँग वार्ता गर्न पुगेका जेन-जीनबीच जंगीअड्डा अगाडि कुटाकुट

काठमाडौँ- अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका