‘आप्पा’ हेरेपछि भिटेनले भने – शायद बुबालाई मैले अझैसम्म बुझ्न सकेको छैन « Khabarhub

‘आप्पा’ हेरेपछि भिटेनले भने – शायद बुबालाई मैले अझैसम्म बुझ्न सकेको छैन


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – र्‍यापर समीर घिसिङ ‘भिटेन’ ले आफूलाई चलचित्र ‘आप्पा’ ले मन छोएको बताएका छन । बिहीवार भएको  ‘आप्पा’ को प्रिमियरमा कलाकारसँगै बसेर फिल्म हेरेका भिटेनले यो फिल्मले बाबुका रुपमा सोच्ने बनाएको बताए ।

केही समयअघि ‘यस्तै त हो नि ब्रो’ गीत सार्वजनिक गरेर चर्चामा रहेका भिटेनले फिल्म हेरेपछि आफूलाई ‘आप्पा’ को क्यारेक्टर बुबाको झैँ लागेको बताए । उनले फिल्ममा आत्मा भएको र कति कुराले भित्रैदेखि छोएको भन्दै फिल्मको तारिफ गरे । उनले भने, ‘फिल्ममा आत्मा छ, बाबुका बारेमा बुझाउन खोजेको छ, म यस्तो कुरा हरेक दिन महसुस गर्छु ।’

साथै उनले आफ्नो बुबालाई आफूले अझैसम्म बुझ्न नसकेको धारणा राखे । फिल्म हेरेर आफूले धेरै कुरा महसुस गरेको र यस्तो फिल्म बन्नुपर्ने उनको भनाइ थियो । ‘मैले नै मेरो बाबुलाई बुझेको छैन होला, म यस्तो कुरा हरेक दिन फिल गर्छु,’ उनले भने ।

अनमोल गुरुङको निर्देशनमा बनेको यो फिल्ममा सिद्धार्थ राज तामाङ, एल्लोना काबो लेप्चा दयाहाङ राई, अरुणा कार्की लगायतका कलाकारको शीर्ष भूमिका छ । प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो ।

बाबुछोराको सम्बन्धको कथामा निर्माण गरिएको यो फिल्म शुक्रवार (आज) देखि प्रदर्शनमा आएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १२ : २४ बजे

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार