काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान  « Khabarhub

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप उपलब्ध गराएको छ । 

शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोल अस्पतालमा पुगेर खोप प्रदान गरेकी हुन् । खोप प्रदान गर्दै उनले भनिन्, ‘खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग गरेका हौँ।  खोप अभावले आउने विपद्‌ सामनाका लागि प्रतिकार्य हो ।’ उनले रेबिज जोखिम घटाउन सबै मिलेर काम गर्नुपर्ने बताइन् ।

‘जनावरले टोकेपछि उपचारका लागि जाने सरुवा रोग अस्पताल नै हो । यसमा लक्षण पर्खिन सकिँदैन । लक्षण देखिएपछि उपचार थालौँला भन्न सकिँदैन । यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ‚’ उनले भनिन् । खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकाले हामीले महानगरपालिकासँग सहयोग मागेका हौँ । 

खोप ग्रहण गर्दै अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले भने, ‘अस्पतालमा दैनिक दुई सय जनाभन्दा धेरै व्यक्ति रेबिजविरुद्धको खोप लगाउन आउनुहुन्छ । महानगरपालिकाले प्रदान गरेको खोपले हामी करिब नौ दिनको सेवा सञ्चालन गर्न सक्छौँ ।’

माग गरेपछिको सात दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको हो । यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको बास्तोलाको भनाइ छ ।

अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दात खोप न्यून रहेकाले अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ५ : ०२ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने